सरावल गाउँपालिका अध्यक्ष चाैधरीद्वारा जन्मोत्सवमा शैक्षिक सामाग्री बितरण

राष्ट्रिय दैनिक / नवलपरासी ,१५ साउन

जन्मोत्सवको अवसर पारेर सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बालबालिकाका लागि शैक्षिक सामाग्री बितरण गर्नु भएको छ ।

सरावल गाउँपालिका वडा नम्बर ४ मा रहेको अति विपन्न ,गरिब बिद्यार्थीहरुका लागि पालिका अध्यक्ष चाैधरीले कपि , पेन्सिल ,झोला लगाएतकाे शैक्षिक सामाग्री ३५ जनालाई बितरण गर्नु भएको हो ।

जन्मोत्सवमा गरिने फजुल खर्चलाई शैक्षिक क्षेत्र वा अन्य सामाजिक कार्यमा लगाउन समेत अध्यक्ष चाैधरीले आग्रह गर्नु भयो । “फजुुल खर्च गरेर जन्मदिन मनाउने परम्परा तोड्न सन्देश प्रवाह गर्ने उद्देश्यले व्यक्तिगत खर्चमा शैक्षिक सामग्री वितरण गरिएको हो,” उहाँले भन्नुुभयो “ बालापनलाई सम्झिदै समुदायलाई विद्यालय र शिक्षासँग जोड्ने प्रयास गरेको छुु ।”


शैक्षिक सामाग्री वितरण कार्यक्रममा सरावल उद्योग बाणिज्य संघका अध्यक्ष सुशान्त शर्मा घिमिरे ,पत्रकार उमेश बि.क , रेडक्रस बालपुरी अध्यक्ष सन्जय माैर्य, समाजसेवी जाहिर खाँ लगायतको वक्ताहरूले अध्यक्ष चाैधरीकाे जन्मदिन मनाउने याे अति उत्तम कार्यकाे प्रशंसा गर्दै जन्मोत्सवको शुभकामना सहित मन्तव्य राख्नुभएको थियो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यार्थीहरुले जन्मदिनको शुभकामना व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

५३ वर्षीय पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष हुुुनुुुहुुन्छ । वि.स. २०७९ मा भएको स्थानीय तह निर्वाचनमा उहाँ नेकपा एमालेबाट उमेद्वार भई निर्वाचित हुनुभएको थियो ।

Logo
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ।

jayabajarangi_itta_udhog