राष्ट्रिय दैनिक / नवलपरासी ,१५ साउन
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ९ बर्दघाटको भुताहा चोकमा विश्वकर्मा बाबा मूर्तिको स्थापना कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न सहयोगी हातहरूको योगदान महत्वपूर्ण साबित भएको छ।
सामाजिक अभियन्ता प्रेमु विश्वा र डेविड विश्वाद्वारा नेतृत्व गरिएका कार्यकर्ताहरूको टीमले हालै छत र सिडी राख्ने कार्य पुरा भएको छ। शिलालेख निर्माण तथा माटोसम्माउने कार्यहरू बाँकी रहेको समितिका सचिव डेविट विश्वले जानकारी दिनुभएको छ।

“हजुरहरूको माया, विश्वास, साथ र सहयोगले गर्दा हामी विश्वकर्मा बाबाको मूर्तिसहित अन्य संरचनाहरूको निर्माण कार्य सम्पन्न गर्न सक्षम भएका छौं,” अभियन्ता डेविड विश्वाले आफ्नो सामाजिक संजालमा लेखेका छन्। उनले सबै सहयोगी दाताहरूलाई धन्यवाद व्यक्त गर्दै, आगामी अशोज १ गतेको विश्वकर्मा पूजाको अवसरमा उद्घाटन कार्यक्रम आयोजना गर्ने जानकारी दिएका छन्।

विश्वकर्मा बाबाको मूर्ति स्थापना कार्यमा सहयोग गर्न इच्छुक दाताहरूसँग सम्पर्क गर्न आग्रह गर्दै, डेविड विश्वाले भने, “अब हामी शिलालेख निर्माण र माटोसम्माउने काम पनि पूरा गर्न चाहन्छौं। त्यसको लागि हजुरहरूको साथको आवश्यक छ। पाँच हजार एक सय रुपैयाँ सहयोग गर्ने दाताहरूको नाम शिलालेखमा लेखी सम्मान गर्ने निर्णय गरिएको छ।”

सामाजिक अभियान्ता डेविड विश्वाले सहयोग गर्न चाहने इच्छुक सबैलाई सम्पर्क नम्बर 9866096997 / 9821575985 सहयोग गरिदिन अपिल गरेका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

