Rashtriya Dainik

चन्द्रकाेट गाउँपालिकाले पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउने

राष्ट्रिय दैनिक / गुल्मी , १४ साउन

गुल्मी जिल्लाको चन्द्रकाेट गाउँपालिकाले पालिकाबासीलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने भएको छ।

जनतालाई आवश्यक पर्दा रगतको अभाव नहुन दिन नेपाल रेडक्रस सोसाइटी रुपन्देही (बुटवल ) शाखासँग चन्द्रकाेट गाउँपालिकाले सम्झौता गरेको छ ।

बिरामी भएर रगत अभाव हुन नदिनको लागि निशुल्क रुपमा रगत उप्लब्ध गराउने उद्देश्यले रेडक्रससंग सम्झौता गरिएको पालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले जानकारी दिनुभएको हो।

‘चन्द्रकाेट गाउँपालिका बासीले अबका दिनमा रगत चाहिएमा शुल्क तिर्नुपर्दैन । ‘आकस्मिक समस्या पर्दा थोरै भएपनि राहत होस भनेर निःशुल्क रगतको बन्दोबस्ती मिलाएको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी दिनुभयो ।

रगत आवश्यक परेको अस्पतालले सिफारिस गर्न साथ निःशुल्क रगत उपलब्ध गराउने नेपाल रेडक्रस सोसाईटी रुपन्देही (बुटवल )शाखाले जानकारी दिइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित