Rashtriya Dainik

गरिब, दुखीको पीडा बुझ्ने जन्मेजय यादव समाजसेवामा तल्लिन

राष्ट्रिय दैनिक / नवलपरासी ,१४ साउन

जन्मेजय यादव सरावल गाउँपालिकाबासी हुन् । सरावल गाउँपालिका वडा नम्बर ४ मंगलापुर निवासी यादव राजनीतिमा सक्रिय छन् नै त्योभन्दा बढ्ता समाजसेवामा तल्लिन छन् । गरिव, दुःखी र असहायको दुखमा मल्हम लगाउने उनको अधिकांश समय सामाजिक कार्यमा वित्छ ।

सामान्य परिवारका उनी अरुको पीडा बुभ्mछन् नै पीडामा रहेकाहरुलाई आफूले सकेको आर्थिक र भौतिक सहयोग गर्छन् ।

आर्थिक अभावमा उपचारमा छटपटिएका हुन्, या विभिन्न आपत विपतमा परेका नागरिक । जन्मेजयको नजर पुगेको हुन्छ, उनी सक्ने सहयोग गरिहाल्छन् ।

यादव यस्ता पुरुष हुन्, जो अरुको दुःख देख्न सक्दैनन् । त्यसैले त आफूलाई उनले समाजसेवामा तल्लिन राखेका छन् । राजनीतिक र ब्यवसायिक काममा मात्रै सीमित नरहेका यादव दीनदुखी र आपतविपत, अप्ठेरामा परेका बिरामीहरूको सेवाको लागि अहोरात्र खटिरहेका छन । ‘अरुले दुख पाएको, आपतविपतमा परेको, आर्थिक अभावले उपचारमा समस्या भएको समाचारहरू देख्दा निक्कै दुख लाग्छ, अनि सहयोग गर्न पाउँदा खुशी लाग्छ’, यादवले भने, ‘सेवा नै धर्म हो भन्ने उद्देश्यले सहयोगको अभियानमा लागिरहेकाे छु ।’

उनको जीवनमा निकै उतार चढाव आए तर पनि उनीले कहिल्यै हरेस खाएनन् । कसैको बन्धक बनेर भन्दा आफू स्वतन्त्र भएर सेवा गर्छु केही गरेर मात्रै आफ्नो पहिचान बनाउन्छु भन्ने लक्ष्य बोकेका उनले आफ्नो जीवन चलाउने टुंगो नहुदाँ पनि संघर्ष गरिरहे।

यादवकहाँ हरेक समस्याहरू आउन्छ्न तर नि उनी आफै रात दिन नभनी भोक प्यास सम्म नि नभनी यसरी प्रत्यक्ष सेवामा खटिएका हुन्छन् । उनको जीवन कथा हेर्दा अरुलाई नि हौसला उर्जा साहस मिल्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित