उमेश बि.क / नवलपरासी ,१४ साउन
लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ कलवार र वन तथा वातावरण मन्त्री देवकरण कलवार (सन्तु)ले नवलपरासी जिल्लामा मलखादको कोटा वृद्धि र डिप बोरिङको व्यवस्था तत्काल गरिनुपर्ने माग गरेका छन।
प्रदेश सदस्य कलवारले नवलपरासीको समग्र अवस्था अवगत गराउदै मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीसमक्ष मलखादको कोटा वृद्धि र २०० थान डिप बोरिङको माग गरेका हुन।

प्रदेश सभा सदस्य कलवारले प्रदेश प्रमुख मन्त्री र अन्य सरोकारवाला मन्त्रालयलाई एक पत्र प्रस्तुत गर्दै नवलपरासी जिल्लामा रासायनिक मलको कोटा २०% ले वृद्धि गर्नुपर्ने तर्क गरेका छन्। उनले भनेका छन् कि, “अहिले नवलपरासी जिल्लामा मलको आपूर्ति अन्य जिल्लाको तुलनामा अत्यन्तै कम छ, र यो कृषकहरूको उत्पादनमा प्रत्यक्ष असर पार्दैछ।”

हाल नवलपरासी जिल्लामा अन्य जिल्लासँगको तुलनामा मलखादको कोटा निकै कम, केवल ७% मात्र प्राप्त भइरहेको छ। यसले यहाँका कृषकहरूलाई गम्भीर समस्या दिएको छ। कृषकहरूले उत्पादन सुधार गर्न मलखादको पर्याप्त आपूर्तिको आवश्यकतामा जोड दिएका छन्।

अर्कोतर्फ, पानीको अभाव र खडेरीको समस्या पनि नवलपरासीका कृषकहरूको प्रमुख चिन्ता बनेको छ। यस क्षेत्रका धेरै भागहरू सुखाग्रस्त भइ उत्पादनमा गिरावट आएको छ। यस समस्यालाई समाधान गर्न र कृषकहरूको दैनिकीमा सुधार ल्याउन प्रदेश सदस्य कलवार र लुम्बिनी प्रदेशकाे वन तथा वातावरण मन्त्री देवकरण कलवार (सन्तु)ले नवलपरासीमा मलखादको कोटा २०% वृद्धि गर्नुपर्ने माग गरेका छन्।

“नवलपरासीमा पानीको अभाव र मलखादको कमीका कारण कृषकहरूको अवस्था दिनानुदिन जटिल बन्दै गइरहेको छ। यसले उत्पादनमा गिरावट ल्याउने खतरा उत्पन्न गरेको छ,” मन्त्री कलवारले भने, मलखादको आपूर्ति बढाउनु र डिप बोरिङको व्यवस्था गर्नु अत्यन्त आवश्यक छ। यसले कृषकहरूलाई उत्पादन वृद्धि गर्न मद्दत पुर्याउने छ र कृषि समस्यामा दीर्घकालीन समाधान प्रदान गर्नेछ।”
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

