Rashtriya Dainik

अदालतको निर्णय: ६ प्रतिवादीलाई लुटपाटको मुद्दामा कैद र जरिवाना

राष्ट्रिय दैनिक / बुटवल ,१४ साउन

अपराधीहरूलाई न्यायको साक्षात्कार – तुलसीपुरको (बुटवल )जिल्ला अदालतले लुटपाट मुद्दामा ६ प्रतिवादीलाई दोषी ठहर गर्दै विभिन्न अवधि र रकमको सजाय सुनाएको छ। अदालतको फैसलामा, मिना कहार र डाक्टर प्रसाद चौधरीलाई एक महिना १५ दिनको कैद र ५,००० रुपैयाँ जरिवाना सजाय सुनाइएको छ।

यही मुद्दामा, अन्य ४ प्रतिवादीलाई २५ दिनको कैद र ५,००० रुपैयाँ जरिवाना तोकिएको छ।

वादी अभिमन्यु कहारको तर्फबाट दायर गरिएको उजुरीमा प्रतिवादीहरूबाट रु. २०,००० बराबरको तोरी र लतरी लुटिएको दाबी गरिएको थियो। अदालतले दामासाहीमार्फत यो रकम वादीलाई दिलाउने निर्णय पनि गरेको छ। यसले पीडितलाई न्याय प्राप्त गराउन महत्त्वपूर्ण कदम उठाएको मानिन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित