राष्ट्रिय दैनिक / रुपन्देही, १३ श्रावण
नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखा र रक्त सञ्चार सेवा समितिले चन्द्रकोट गाउँपालिका, गुल्मीलाई १०४ युनिट रक्तदान गर्ने उत्कृष्ट कार्यको लागि प्रशंसा पत्र प्रदान गरेको छ।
रक्तदान कार्यक्रमको उद्देश्यलाई अघि बढाउँदै “रक्तदान जीवनदान” भन्ने प्रेरणादायी नाराको साथ, चन्द्रकोट गाउँपालिकाले निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गर्दै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ।
नेपाल रेडक्रस सोसाइटीका प्रमुख संयोजक सुशील गुरुङ्गले यस अवसरमा चन्द्रकोट गाउँपालिकाका रक्तदाताहरूसँग आफ्नो कृतज्ञता व्यक्त गर्दै, आगामी दिनहरूमा पनि रक्तदानको महत्त्वलाई प्रोत्साहन गर्न सबैलाई आह्वान गरे।
समारोहको प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले रक्तदानको महत्व र यसले समाजमा कस्तो सकारात्मक प्रभाव पार्छ भन्ने बारेमा कुरा गर्दै आगामी दिनमा यस्ता अभियानहरूको निरन्तरता र विकासमा प्रदेश सरकारको सहयोग रहने आश्वासन दिए।

यसैबीच चन्द्रकोट गाउँपालिकाले १०४ युनिट रक्तदान गर्दै सामुदायिक स्वास्थ्य सेवा सुधारमा ठूलो योगदान पुर्याएको छ। यो कदम अन्य स्थानहरूको लागि एक उदाहरणको रूपमा प्रस्तुत गरिएको छ।
यो समर्पण र योगदानले एकतामा शक्ति रहेको र समाजमा सहयोगको भावना बढाउन महत्वपूर्ण भूमिका खेल्ने देखाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

