राष्ट्रिय दैनिक / नवलपरासी ,१३ साउन
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १, बसन्तपुर (नयाँ टोल) मा आयोजित एक भव्य समारोहमा वाटर फाउन्डेसनको उदघाटन गरिएको छ।

रजहवा शान्ति बन बाटिका तथा अनुसन्धान केन्द्र सरावल १ बसन्तपुरका अध्यक्ष जनार्धन भण्डारीकाे अध्यक्षता तथा पूर्व कानून मन्त्री र संघीय सांसद ध्रुव बहादुर प्रधानकाे प्रमुख आतिथ्यतामा वाटर फाउन्डेसन उदघाटन भएको हाे।

पूर्व कानून मन्त्री र संघीय सांसद ध्रुव बहादुर प्रधानले उद्घाटन कार्यक्रमको अवसरमा बोल्दै भने, “यो स्थल निकै मनमोहक छ र यहाँ पर्यटनको सम्भावना अत्यधिक छ। भविष्यमा यस क्षेत्रलाई जिल्ला भरिका उत्कृष्ट पर्यटकीय स्थलहरूको रुपमा विकसीत गर्ने हाम्रो उद्देश्य हो।” साथै उनले आगामी दिनहरूमा यस परियोजनामा अझ बढी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व प्रदेशसभा सदस्य भगवती भण्डारी र सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले पनि बोल्ने अवसर पाए। अध्यक्ष चौधरीले भने, “शिव मूर्तिका साथ वाटर फाउन्डेसन पार्कले यहाँका पर्यटकहरूको ध्यान आकर्षित गर्ने र यस क्षेत्रको सांस्कृतिक र आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउने छ।” कार्यक्रमको शुरुआत कोषाध्यक्ष उमापति बस्यालको स्वागत मन्तव्यबाट भएको थियो र कार्यक्रममा सन्चालन दिवस रेग्मीले गरेका थिए।

वाटर फाउन्डेसन निर्माण ध्रुव प्रधानको पहलमा रु २५ लाखको लागतमा सम्पन्न भएको हो, र यसले स्थानीयवासीहरूको पानी आपूर्ति सुनिश्चित गर्ने साथै पर्यटन र सांस्कृतिक क्षेत्रको प्रर्वद्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

