Rashtriya Dainik

महाकवि देवकोटा क्याम्पसमा २ सय ६४ जना विद्यार्थीहरुलाई २९ लाख ६७ हजार बराबरको छात्रवृत्ति वितरण

अमृता सुनार/नवलपरासी ,१३ साउन

यस क्षेत्रमै उच्च शिक्षाको पहुच विस्तार गर्ने लक्ष्यका साथ स्थापित महाकवि देवकोटा क्याम्पस सुनवलले आज २ सय ६४ जना विद्यार्थीहरुलाई २९ लाख ६७ हजार ७ सय रुपैया छात्रवृत्ति वितरण गरेको छ ।

जसमा जेहेन्दार तर्फ १ सय ८, बिबिए बिआईसिटीई तर्फ उत्कृष्ट ९३ , महिला विद्यार्थी १ सय ८७, दलित २६, जनजाति ५५, मधेशी ५७, अपाङ्ग ३, द्धन्द्धपिडित ३, मुसलिम छात्रा ८, सिमान्कृत ११, अल्पसंख्यक ९ र खेलकुद तर्फ ६ जना गरी ५ सय ६६ जना जम्मा आवेदकहरु मध्य बाट छनोट गरी २ सय ६४ जनालाई छात्रवृति वितरण गरिएको क्याम्पसका प्राचार्य नारायण ढकालले बताउनुभयो ।

उक्त छात्रवुत्ति रकम युजिसि नेपाल, युजिडि नेपाल, सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश , छात्रवृति दाता, अक्षयकोष दाता र क्याम्पसको आन्तरिक स्रोत बाट जुटाइएको क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले बताउनुभयो ।

क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता एवम लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिमिल्सिनाले अहिलेको परिप्रेक्षमा प्रविधिले हामिलाई चलाउने नभई हामीले प्रविधीलाई चलाउनुपर्ने बताउदै अहिलेका विद्यार्थीहरु सबै सामाजिक संजालमा आबद्धता रहेको तर विद्यार्थीहरुले त्यसको प्रयोग कसरी गरिरहेका छन भन्ने महत्तवपूर्ण कुरा रहेकोे बताउदै धेरैले त्यसलाई मनोरंजनको रुपमा लिएको पाइएकोले त्यसमा विद्यार्थीहरु सचेत हनुपर्ने बताउनुभयो । उहाले छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै छात्रवृत्ति रकमको सही सदुपयोग गर्न आग्रह गर्दै प्रदेश सरकारको तर्फबाट क्याम्पसलाई सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले लुम्बिनी प्रदेशमा हाल ८४ वटा सामुदायिक क्याम्पस रहेकोमा देवकोटा क्याम्पसमा विद्यार्थी संख्या राम्रो रहनुको कारण उत्कृष्ट शिक्षण नै रहेको बताउदै प्रदेशले यस वर्ष पनि शिक्षामा ४ करोड भन्दा बढी बजेट बिनियोजन गरेको हुदा देवकोटा क्याम्पसले पनि उपयुक्त बजेट हासिल गर्ने बताउनु भयो ।

त्यस्तै लुम्बिनी प्रदेश शभा सदस्य खड्ग बस्नेतले अहिलेका विद्यार्थी सुनेर बस्ने नभइ सही र गलत पत्ता लगाएर बोल्न सक्ने हुनु पर्छ भन्दै प्रदेश सरकारले हरेक वर्ष संचालन गर्ने इक्युबेसन सेन्टर नेपालगन्ज र भैरहवामा आयोजना गर्ने गरि बजेट विनियोजन गर्ने गरेको तर प्रत्येक वर्ष त्यो बजेट फ्रीज भएर गएकोले उक्त कार्यक्रम संचालन गर्नका लागी देवकोटा क्याम्पसलाई जिम्मेवारी प्रदान गरेमा क्याम्पस तयार रहेको बताउनुभयो ।

यस्तै सुनवल नगर प्रमुख बिमला अर्यालले महाकवि देवकोटा क्याम्पस देशकै नमुना क्याम्पस र सुनवलमै एउटै नाममा रहेको महाकवि देवकोटा माध्यमिक विद्यालय पनि नमुना विद्यालय रहेको हुदा सुनवल शैक्षिक हबको रुपमा बिकास हुँदै गएको बताउदै शिक्षा क्षेत्रमा सुनवललाई अझै माथि उठाउन सुनवल नगरपालिकाले कुनै कन्जुस्याई नगर्ने बताउनुभयो । उहाले नदीजन्य पदार्थको ठेक्का प्रदेश सरकारको मताहतमा रहेकोमा स्थानिय तह साह्रै संकट परेको हुनाले यसमा पुनर्बिचार गरि स्थानीय तहमै अधिकार प्रदान गर्न सामाजिक बिकास मन्त्री तिमिल्सिनालाई आग्रह गर्नु भयो ।

क्याम्पस संरक्षक एवम पुर्व मेयर भिम बहादुर थापाले हालको प्रविधी मैत्री समयमा विद्यार्थीहरुले प्रविधीको भरपुर सदुपयोग गर्न आग्रह गर्दै वर्तमान शिक्षामा ए.आइ.को प्रयोग गरेर अगाडि बढ्नु पर्ने विचार राख्नु भयो ।

सामाजिक बिकास मन्त्रालयका सचिव बसन्त कोइरालाले उच्च शिक्षा अध्ययनका लागी विद्यार्थीहरु विदेश पलायन भइरहेको अवस्थाले यहाका क्याम्पसहरुमा विद्यार्थी संख्या अत्यन्त न्युन रहेको बताउदै हाल नेपालमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या करिब सवा लाख मात्रै रहेको र देवकोटा क्याम्पसमा अन्य क्याम्पसमा भन्दा विद्यार्थी संख्या उल्लेख्य रहेको हुनाले धन्यवाद दिदै मन्त्रालयले यस क्याम्पसलाई पुर्ण सहयोग गर्ने बचन बद्धता व्यक्त गर्नुभयो । उहाले अहिलेको हाम्रो शिक्षा उधयमसिलता मुखि नभै दास बनाउने खालको भएकाले अब प्रबिधि मैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अध्यक्ष लामिछानेले छात्रवृत्ति रकमले विद्यार्थीहरुलाई पढाइ तर्फ उत्प्रेरित गर्दछ भन्दै आर्थिक अभावको कारणले कसैले पनि पढाइ छोड्न नपरोस् भन्ने उद्धेश्यले क्याम्पसमा छात्रवृत्ति वितरण गरिएको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्याम्पसका निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडेल, सुनवल नगरपालिका वडा नं.४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनी, क्याम्पस संचालक समिति सदस्य केशव भण्डारी क्याम्पस संचालक समितिका पदाधिकारीहरु, सल्लाहकार समितिका संयोजक बोधराज घिमिरे, सल्लाहकार, क्याम्पस संरक्षकहरु, क्याम्पस आजीवन सदस्यहरु लगाएतको सहभागिता रहेको थियो ।

देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रममा उपप्राध्यापक सूर्यप्रसाद ढकालले छात्रवृत्ति वितरण प्रक्रियाको बारेमा जानकारी गराउनुभएको कार्यक्रमका संचालक उपप्राध्यापक हरिदत्त शर्मा बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित