राष्ट्रिय दैनिक / नवलपरासी ,१२ साउन
हिन्दू धर्मालम्बी समुदायको महत्वपूर्ण पर्व नाग पञ्चमी (श्रावण शुक्ल पञ्चमी)को अवसरमा सरावल गाउँपालिका कार्यपालिकाले साउन १३ गते मङ्गलवारलाई स्थानिय बिदा दिने निर्णय गरेको छ।
गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू र स्वास्थ्य सेवामा संलग्न संस्थाहरूलाई १ दिन विदा दिइएको पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे हस्ताक्षरित सुचना निकालिएको छ।
आकस्मिक र अति आवश्यक सेवाहरू बाहेक अन्य सबै सेवाहरूमा बिदा रहनेछ।
गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले यो सूचना प्रकाशित गर्दै पर्वको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

