साउन ,१२ गते
धनकौल गाउँपालिका नेपाली कांग्रेस सर्लाहीका युवा नेता दीपेन्द्र साह भन्नु हुन्छ “राजनीति केवल सत्ताको लागि होइन, सेवाको लागि हो – र यही प्रमाणित गर्न जनता माझ परीक्षा दिन मन छ ! नेतृत्व केवल सत्ताको कुर्सी मात्र नभई नागरिकसँगको ईमानदार सम्बन्ध पनि भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकास गर्ने सोचमा छू।हामी नागरिकको सेवामा सर्मपित छौं। हाम्रो काम कर्तब्य केवल सत्ताको कुर्सी मात्र होइन, नागरिक सँगको इमानदार सम्बन्ध पनि हो ,राजनीति के हो र यो किन गरिन्छ भन्ने कुरा बुझ्न आमजनतालाई गाह्रो परिरहेको छ। कसैले राजनीतिलाई पेशा भन्छन्, कसैले समाजसेवा, कसैले व्यापार पनि भन्ने गरेका छन्। वास्तवमा राजनीति पेशा पनि हुन सक्दैन, व्यापार त झन् हुनै सक्दैन।असल राजनीति आफ्नो समाज र राष्ट्रको हितका लागि गरिने सामुहिक कार्य हो, जिम्मेवारी हो। सरल भाषामा भन्नुपर्दा राजनीति भनेको राज्य चलाउने एउटा व्यवस्था हो। विभिन्न विचार र आस्था भएका मानिसले राज्य चलाउने सिलसिला हो राजनीति। मुलुकमा उपलब्ध स्रोत र साधनको सही तरिकाले उपयोग गरेर जनतालाई सुखसुविधा तथा सुरक्षा प्रदान गर्ने उद्देश्य राजनीतिको हुनुपर्छ। सबै राजनीतिज्ञले जनताले तिर्ने करबाट जम्मा हुने राज्यको ढुकुटी चलाउने हो। राज्यको ढुकुटी खर्च गर्ने क्रममा भ्रष्टाचार नगरी सदुपयोग गर्ने नेता समाजसेवी नैं हुन, मेरो बुवा रामआश्रय साह दुई कार्यकाल देखि धनकौल गाउँपालिकाको अध्यक्ष हुन, स्थानिय चुनाव हुँदा यो पालिकामा विकास थिएन, अब त्यहाँ स्वास्थ्य, शिक्षा, खानेपानी, सडक विस्तार, कृषि बाटो, लगायतका कामहरु तिब्र रुपमा भएको छ, अबको बुवा पछि वहाको सपनालाई अझै बढी याेगदान दिने सोचमा छू, त्यहाको आम जनताले मलाई चाहे भने म परीक्षा दिन तयार छु, अनि जनताको हरेक दुःख सुखमा निस्वार्थ भावनाले साथ दिनेछु।तर त्यो भने मेरो हातको कुरा होइन जन्ताकै कुरा हो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

