Rashtriya Dainik

नेपाली कांग्रेस परित्याग गरी दीपक साहनी र प्रदीप गुप्ता जनमत पार्टीमा प्रवेश

बिनोद निगम / नवलपरासी, ११ साउन

जनमत पार्टी नवलपरासीको पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रममार्फत दुई जना विशिष्ट व्यक्तित्वले पार्टी प्रवेश गरेका छन्।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ निवासी समाजसेवी तथा नेपाली कांग्रेसका सदस्य दीपक साहनीले नेपाली कांग्रेस परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन्।

साहनी लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै आएका छन्। उनले स्थानीय विकास र सामाजिक न्यायमा योगदान पुर्‍याउने उद्देश्यले जनमत पार्टी रोजेको बताए।

सोही अवसरमा पाल्हिनन्दन गाउँपालिका-२ निवासी व्यवसायी प्रदीप गुप्ताले पनि विधिवत रूपमा जनमत पार्टीको सदस्यता ग्रहण गरेका छन्। उनले जनताको विश्वास जित्न सक्ने पार्टीका रूपमा जनमत पार्टीप्रति आस्था व्यक्त गरे।

कार्यक्रममा जनमत पार्टीका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो। पार्टीले दुवै नवप्रवेशीलाई स्वागत गर्दै संगठनलाई मजबुत बनाउन उनीहरूको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।

पार्टी प्रवेशको कार्यक्रममा जनमत पार्टीका जिल्ला नेतृत्व, स्थानीय प्रतिनिधि र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। पार्टीमा प्रवेश गरेपछि दुबै नेताहरूले जनमत पार्टीको विचारधारा, जनमुखी नीति र परिवर्तनको अभियानप्रति विश्वास व्यक्त गर्दै,अब जनताको सेवा र राजनीतिक रूपान्तरणका लागि सक्रिय रहने प्रतिबद्धता जनाएका थिए।

जनमत पार्टी नवलपरासीले उनीहरूको आगमनले संगठन अझ सशक्त बन्ने विश्वास व्यक्त गर्दै स्वागत गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित