हरिद्वार ,११ साउन
भारतको उत्तराखण्डस्थित हरिद्वारमा रहेको मनसा देवी मन्दिरमा भागदौड भएको छ । भागदौडमा ६ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भागदौडको ३० जनाभन्दा बढी घाइते भएको र घटनाको विस्तृत विवरण आउनेक्रममा रहेको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुख व्यक्त गर्दै भनेका छन्- ‘हरिद्वारको मनसा देवी मन्दिरमा भएको भागदौडको बारेमा धेरै दुखद खबर प्राप्त भएको छ । उत्तराखण्ड एसडीआरएफ, स्थानीय प्रहरी र अन्य उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् र राहत र उद्धार कार्यमा संलग्न छन् । म यस सम्बन्धमा स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा छु र स्थितिको निरन्तर निगरानी भइरहेको छ। म सबै भक्तजनहरूको सुरक्षाको लागि प्रार्थना गर्दछु ।’
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

