चितवन,१० साउन
नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले साउन ११ गते (भोलिदेखि) लागू हुनेगरी दैनिक ६ घण्टे लोडसेडिङ तालिका सार्वजनिक गरेको छ। अत्यधिक गर्मी, आकाशे पानी नपरेको अवस्था र रोपाईंको सिजनमा सिँचाइको माग उच्च रहेकाले विद्युत् लोड एकाएक बढेको र हालको प्रवाह क्षमताले धान्न नसक्ने अवस्था आएको जनाउँदै केन्द्रले लोडसेडिङ तालिका सार्वजनिक गरेको हो।
प्राधिकरणका अनुसार चनौली वितरण केन्द्र अन्तर्गतका नारायणी(माडी, मेघौली(विजयनगर–शुक्रनगर, र जगतपुर(रामपुर फिडरहरूमा लोडसेडिङ हुनेछ। वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ / ३३ के. भि. सब स्टेशनबाट आउने ३३ के. भि. डग कन्डक्टर तारमा ३०० एम्पिएर भन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने ( क्षमताले नधान्ने) अवस्था रहेको छ ।
तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ । उक्त समस्या समाधानको लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको छ ।
कहाँ कतिबेला लोडसेडिङ ?
लोडसेडिङ तालिका
१. नारायणी–माडी फिडरहरू :
बिहान ६:०० – ९:०० बजे
दिउँसो ३:०० – ६:०० बजे
२. मेघौली–विजयनगर–शुक्रनगर फिडरहरू :
बिहान ९:०० – १२:०० बजे
बेलुका ६:०० – ९:०० बजे
३. जगतपुर–रामपुर फिडरहरू :
दिउँसो १२:०० – ३:०० बजे
बेलुका ९:०० – १२:०० बजे
२. मेघौली-विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म ।
३. जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

