पर्सा,१० साउन
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ स्थित गादी स्वास्थ्य चौकी परिसरमा शनिबार एक भव्य समारोहको बीचमा अत्याधुनिक सुविधासम्पन्न प्रसूती सेवा केन्द्र (बर्थिङ सेन्टर) को उद्घाटन गरिएको छ। १ करोड ५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको यस बर्थिङ सेन्टरको उद्घाटन गाउँपालिका अध्यक्ष दिनेश चौधरीले विधिवत् पूजा र फिता काटेर गरेका छन्।
यो केन्द्र संघीय सरकारको ६० प्रतिशत अनुदान र गाउँपालिकाको ४० प्रतिशत लगानीमा निर्माण गरिएको हो। उद्घाटन समारोहमा वडा नं. २ का अध्यक्ष विजय गैरेले यस केन्द्रलाई पर्सा जिल्लाको ग्रामीण क्षेत्रका लागि एक महत्त्वपूर्ण परियोजना भएको बताएका छन्।
गाँउपालिका अध्यक्ष दिनेश चौधरीले उद्घाटनको अवसरमा बताए कि यस सुविधासम्पन्न केन्द्रको सञ्चालनसँगै स्थानीय गर्भवती महिलाहरूलाई बिरगंज, पोखरिया लगायत अन्य शहरका अस्पतालमा धाउनुपर्ने कठिनाइको अन्त्य हुनेछ। अब महिलाहरूलाई घरमै, सुरक्षित र गुणस्तरीय प्रसूती सेवा प्राप्त हुनेछ।
यस केन्द्रमा २४ घण्टा उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनेछ र सस्तो शुल्कमा एम्बुलेन्स सेवा पनि प्रदान गरिने छ। स्थानीय स्वास्थ्यकर्मीहरूको दक्षता र अनुभवसँगै नवजात शिशुहरूको उपचारका लागि आवश्यक सबै उपकरण र औषधिहरू निःशुल्क उपलब्ध गराइनेछन्।

गाँउपालिका उपाध्यक्ष ममता महतोले यो परियोजना महिलाहरूको स्वास्थ्य र सुरक्षा प्रधाम्यमा ध्यान दिनेको उदाहरण भएको बताइन्। स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष विजय गैरेले यस केन्द्रलाई पर्सा जिल्लाका ग्रामीण क्षेत्रका लागि नमूना केन्द्रको रूपमा प्रस्तुत गरेका छन्, जसले क्षेत्रीय स्वास्थ्य सेवामा ठूलो सुधार ल्याउने विश्वास व्यक्त गरे।
उद्घाटन समारोहमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र यादव, सह-समन्वयक जगरनाथ साह, विभिन्न वडाअध्यक्षहरू, स्वास्थ्यकर्मी, कर्मचारी र स्थानीय बासिन्दाहरूको ठूलो उपस्थिती रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

