Rashtriya Dainik

एडब्रिज एलायन्स शैक्षिक सहकार्य समुह सुनवलद्वारा आधारभुत तहका शिक्षक शिक्षिकालाइ तालिम

अमृता सुनार/नवलपरासी ,१० साउन

एड ब्रिज एलायन्स शैक्षिक सहकार्य समुह सुनवलद्धारा शिक्षण सिकाईमा गुणस्तरीयता ल्याउनका लागी आधारभुत तहका शिक्षक शिक्षिकालाई तालिम प्रदान गरेको छ ।

सुनवल १ सोमनाथ रिसोर्टमा सम्पन्न कार्यक्रम द पायनियर स्कुलका प्रिन्सिपल कृष्ण प्रसा शर्माको अध्यक्षता एवम प्याब्सन नवलपरासीका अध्यक्ष डम्बर गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

शिक्षकले आफनो ४५ मिनेटको कक्षा शिक्षण समयमा आफु कक्षामा कसरी प्रस्तुत हुने, कक्षामा एक्टिभ पाट्सिपेन्ट जान्ने बनाउने, सिकाउने किसिमको तालिम प्रदान गरिएको कार्यक्रमका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो ।

मनिष देव मिश्रले दिनुभएको तालिममा ६ विद्यालयका ७३ जना शिक्षक शिक्षिकाको सहभागीता रहेको थियो ।
कार्यक्रममा सुनवल प्याब्सनका अध्यक्ष चोलाकान्ता रेग्मी, सुनवल लोटस स्कुलका नरिश्वर पौडेल, साकुरा मेमोरियल स्कुलका सुमित पाठक लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कुनै पनि शैक्षिक संस्थाको शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयमा मुख्य रोल शिक्षकको रहने हुदा आधारभुत तहका शिक्षकहरुलाई जति परिस्कृत गर्न सकियो त्यति नै स्कुल गुणस्तरिय हुने हुदा यही उद्धेश्यको लागी पहिलो कार्यक्रम गरिएको कार्यक्रम संचालक नेत्र रिजालले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित