Rashtriya Dainik

“मुख्यमन्त्री आचार्यद्वारा पृथ्वी चन्द्र अस्पतालको ५० शैयाको भवनको उद्घाटन, स्वास्थ्य सेवामा विशेषज्ञ सेवा”

आरपि उपाध्याय / नवलपरासी ,१० साउन

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेत नारायण आचार्यले परासीमा निर्माण भएको सुविधा सम्पन्न अस्पतालबाट पश्चिम नवलपरासीका नागरिकलाई विशेषज्ञ चिकित्सकबाट सेवा,सुविधा पाउने बताउनु भएको छ।

उहाँले पश्चिम नवलपरासीका सेवाग्राहीहरुको आर्थिक अवस्था कमजोर भएकोले प्रदेश सरकारले आफ्नो स्रोतसाधनबाट आत्मनिर्भर बनाउने उद्देश्यले ५० शैया क्षमताको सेवा विस्तार गरेको बताउनु भयो।

मुख्यमन्त्री आचार्यले किड्नीमा हुने रोगको डायलोसिस विधिबाट सुविधा पुर्याउनुको साथै गम्भीर प्रकृतिका आँखा रोगीहरुलाई पनि अस्पतालबाटै उपचार गरिने जिकिर गर्नुभयो।

पृथ्वी चन्द्र अस्पताल रामग्रामको ५० शैयाको नवनिर्मित भवनको उद्घाटन गर्दै आचार्यले सो कुरा बताउनु भएको हो।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले स्वास्थ्य क्षेत्रको विकासको लागि प्रदेश सरकार अत्यन्त गम्भीर रहेको बताउदै पृथ्वी चन्द्र अस्पताललाई अझ बढी विकसित गर्दै लैजाने धारणा राख्नुभयो।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य ध्रुव बहादुर प्रधानले पृथ्वी चन्द्र अस्पताललाई स्तर उन्नति गरेर नागरिकको स्वास्थ्य अवस्था प्रति लुम्बिनी प्रदेश सरकार गम्भीर हुनुलाई राम्रो पक्ष रहेको धारणा राख्दै विगतमा परासीबाट एम्बुलेन्सले बिरामी बोकि अन्यत्र जानुपर्ने अवस्था थियो भने अब बाहिरका बिरामीहरु एम्बुलेन्समा परासी आउने अवस्था बन्ने कुरामा दुइ मत नहुने बताउनु भयो।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देव करण कलवार,पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेल,पुर्व रक्षा राज्यमन्त्री रामबचन यादव,राजनीति दलका नेता, जनप्रतिनिधि र परासी स्थित विभिन्न कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो।

हाल पृथ्वी चन्द्र अस्पताल परासीमा १४ डाक्टर,२ सर्जन सहित १२४ स्वास्थ्यकर्मीहरु अस्पतालमा कार्यरत रहेको मेडिकल सुपरिटेन्डेन्ट मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो।
२०७८ साल श्रावण महिनामा शिलान्यास भएको पृथ्वी चन्द्र अस्पताल ४ वर्षपछि सुविधा सम्पन्न रुपमा सेवा सुचारु हुनलाई राम्रो पक्ष भएको परासी बासीको बनाइ रहेको छ।

११४ वर्ष पुरानो पृथ्वी चन्द्र अस्पतालमा आँखा,किड्नी र अन्य गम्भीर प्रकृति रोगको उपचार सुचारु हुनुलाई जनमानसमा उत्साह पलाएको समेत जानकारी प्राप्त भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित