Rashtriya Dainik

“सांस्कृतिक परम्परा जीवितै छ: पूर्वमन्त्री कण्डेललाई नुहाइएपछि झर्यो पानी”

उमेश बि.क / नवलपरासी ,९ साउन

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–१ महेशपुरमा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेललाई स्थानीय महिलाहरूले पानीले नुहाइदिएको केही समयपछि जिल्लाका विभिन्न भागमा वर्षा शुरू भएको छ।

वर्षा नपरेको कारण खेतबारी सुक्खा रहँदा चिन्तित बनेका किसानहरूका लागि यो वर्षा आशा र राहतको संकेत बनेको छ।

पुरानो परम्परा अनुसार गाउँका अगुवा वा मान्यजनलाई पानीले नुहाइदिएर इन्द्रदेवतासँग वर्षाका लागि प्रार्थना गर्ने चलन रहेको छ। सोही परम्परा अनुसार महिलाहरूले नेपाली कांग्रेसका केन्द्रीय सदस्य कण्डेललाई पानीले नुहाइदिएका थिए।

स्थानीयवासीहरूका अनुसार नुहाउने कार्यक्रम सम्पन्न भएको केही घण्टापछि नै नवलपरासीकाे विभिन्न क्षेत्रमा पानी पर्न थालेको हो। यस घटनालाई धेरैले धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडेर हेरेका छन्।

पूर्वमन्त्री कण्डेलले भने, “हाम्रो परम्परा र संस्कृतिमा गहिरो विश्वास छ। वर्षा सुरू हुनु हाम्रो सांस्कृतिक आस्थाको एक सकारात्मक संकेत हो।”

स्थानीय किसानहरू वर्षाले रोपाइँ सिच्ने आश जागेकोमा खुसी व्यक्त गरिरहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित