Rashtriya Dainik

तस्करी रोक्न प्रहरीको कडाइ : नवलपरासीमा १३ लाख बराबरका अवैध सामान बरामद

विनोद निगम/ नवलपरासी , ७ साउन

पश्चिम नवलपरासीमा सीमा पार गराई लुकिछिपी ल्याइएका करिब १२ लाख ९८ हजार ५ सय ८७ रुपैयाँ बराबरका अवैध सामानहरू प्रहरीले विशेष चेकजाँच अभियानमार्फत बरामद गरेको छ।

जिल्लाको सरावल, पाल्हीनन्दन, रामग्राम, बर्दघाट लगायतका क्षेत्रमा साउन ६ र ७ गते सञ्चालन गरिएको संयुक्त गस्ती तथा चेकजाँचको क्रममा भन्सार छलि गरी ल्याइएका कपडा, किराना, मिठाई, औषधि, हार्डवेयर र सुर्ती सामग्री नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत प्रहरी इकाइहरूको सक्रियतामा सात वटा छुट्टाछुट्टै स्थानबाट सामानहरू बरामद गरिएका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बीर दत्त पन्तका अनुसार, बरामद गरिएको सम्पूर्ण सामान महेशपुर भन्सार कार्यालयमा रीतपूर्वक बुझाइएको छ र सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित