Rashtriya Dainik

ढाकामा वायुसेना विमान दुर्घटना: १९ जनाको मृत्यु, १६४ घाइते

ढाका । बंगलादेशमा वायु सेनाको एफ७ विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । सोमबार सो विमान राजधानी ढाको उत्तरामा माइलस्टोन स्कुल तथा कलेजको भवनमा खसेको थियो ।

वायु सेना अग्नि नियन्त्रण सेवा तथा नागरिक सुरक्षा विभागका महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहेद कमालका अनुसार दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको जानकारी दिएका छन् । दुर्घटनामा १६४ जना घाइते भएका छन् ।

घाइतेहरूको ढाकास्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । अहिले उद्धारको काम जारी रहेको बीबीसी हिन्दीले जनाएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित