Rashtriya Dainik

गण्डक नहरमा एक पुरुषको शव फेला

संजय कुशवाहा / नवलपरासी ५ साउन

पुर्वी नवलपरासीको गण्डक नहरमा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
विनयी त्रिवेणी गाउँपालिका वडा नं.७ साइफोन नजिकै पश्चिम जाने गण्डक नहरको ३ नम्बर ढोकामा एक पुरुषको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार घोप्टो परेको अवस्थामा फेला परेको शवको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।
प्रहरीले शवलाई पानीबाट बाहिर निकालेर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित