Rashtriya Dainik

रुपन्देहीको बासगढीबाट स्कुटर सहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा

आरपि उपाध्याय / नवलपरासी ,५ साउन

रुपन्देही जिल्ला अन्तर्गत सैनामैना नगरपालिका ८ बासगढीबाट स्कुटर सहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लागू औषध ब्युरो शाखा कार्यालय भैरहवा र ईलाका प्रहरी कार्यालय सालझण्डीको संयुक्त टोलीले स्कुटर सहित लागू औषध ओसारपसार गर्ने एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

सैनामैना नगरपालिका ८ बासगढी भित्री सडक खण्डमा प्रहरी टोलीले शंकास्पद सवारीसाधन चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु.अ.८८प.५५२२ नम्बरको DIO स्कुटी चालक सैनामैना ८ कै वर्ष २४ को जगदीश भन्ने पुर्ण बहादुर थापालाई लागू औषध सहित नियन्त्रणमा लिइएको थियो।
अभियुक्त थापाको गोजी चेकजाँच गर्दा प्लास्टिकको पोकोमा डल्लो पारी राखेको ३ ग्राम ६ सय मिलिग्राम लागू औषध जस्तो देखिने ब्राउन सुगर फेला पारेको ई.प्र.का. सालझण्डीका प्रहरी निरीक्षक खगेन्द्र अधिकारीले जानकारी दिनुभएको छ।
ब्राउन सुगर सहित प्रहरीको नियन्त्रणमा परेका अभियुक्त थापालाई लागू औषध ब्राउन सुगर कसुरमा कानुनी कारवाहिको लागि जिल्ला अदालत रुपन्देहीमा पठाइएको प्रहरीले जानकारी दिएको छ।
नेपालको कानुनले प्रतिबन्धित लागू औषध कारोबारीहरुको सङ्ख्यामा वृद्धि हुन थालेपछि प्रहरीले पनि अभियान कै रुपमा चेकजाँच कार्यलाई तिब्रता दिदै आएको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित