Rashtriya Dainik

लुम्बिनी प्रदेशका लोसपाका नेता सन्तोषकुमार पाण्डेय खेलकुद मन्त्रालयको जिम्मेवारी पाउदै

बुटवल ,४ साउन

लुम्बिनी प्रदेशमा लोसपाका नेता सन्तोषकुमार पाण्डेयलाई मन्त्री बनाउने तयारी भइरहेको छ ।

पाण्डेयलाई मुख्यमन्त्री चेतनारायण आचार्यले सम्हालेको खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने बुझिएको छ । लोसपा सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले पार्टी अध्यक्ष र प्रदेश मुख्यमन्त्री आर्चायबिच केही दिनअघि कुराकानी भएको र केही दिनमै पाण्डेय मन्त्री बन्ने रातोपाटीसँग बताए ।

उनले भने, ‘हाम्रो अध्यक्षज्यू र मुख्यमन्त्रीज्यूसँग कुराकानी भइसकेको छ, मन्त्री बन्न अब रोक्नुपर्ने कारण छैन ।’ लुम्बिनी प्रदेशमा साना दलका लागि सत्तागठबन्धनले मन्त्रालय खाली गरेर राखिएको छ । उक्त खाली ठाउँमा पाण्डेयलाई नियुक्त गर्ने तयारी गरिएको हो ।
अहिले लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्रीसहित ५ मन्त्री, नेपाली कांग्रेसबाट ५ र जसपाबाट एक जना मन्त्री छन् ।

लोसपा लुम्बिनी प्रदेश मुख्य सचेतक हेमा बेल्लासेले पनि यसबारे पुष्टि गरिन् । लोसपाका लुम्बिनी प्रदेशका तीन सांसद छन् ।

मुख्यमन्त्री आचार्य भने हाल काठमाडौँ रहेका छन्। केही दिनमा उनी फर्किएपछि पाण्डेयको सपथ ग्रहण गराइने एक प्रदेश मन्त्रीले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित