अमृता सुनार/नवलपरासी , ४ साउन
लायन्स क्लव अफ सुनवलको १५ औ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सुनवल ४ रातो भाले रिसोर्टको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लायन्स वर्ष २०२४/०२५ का अध्यक्ष लायन्स लक्ष्मी तिवारीले वर्ष २०२५/०२६ का अध्यक्ष लायन तेजकुमारी चालिसेलाई पद हस्तान्तरण गर्नुभएको हो । साथै सचिव,कोषाध्यक्ष लगाएत पदाधिकारीहरुको पनि पद हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले लायन्स क्लब द्वारा सञ्चालित आँखा अस्पतालमा चाहिने सामग्रीहरू उपलब्ध गराई व्यवस्थीत बनाउने बताउनुभयो । साथै लायन्स सामुदायिक हस्पिटल वा लायन्स क्लबले हस्पिटल चलाउन चाहेमा आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष तिवारीले कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वर्षभर क्लवले सम्पन्न गरेका उल्लेखनीय कार्यहरुबारे जानकारी दिनुभएको थियो । २०८० जेठ १५ गते लायन्स आखाँ अस्पतालको संचालन गरिएको थियो । ८ सय ९२ जनाको आखा उपचार गरिएकोमा ४ जनालाई लायन्सको सिफारिसमा विनोद निता अस्पतालमा निशुल्क शल्लक्रिया सम्पन्न गरेको, सुनवल वडा नं १ को लुम्बिनी मा.विमा फरक क्षमता भएका १३ जना विद्यार्थीलाई लत्ताकपडा वितरण, सुनवल वडा नं २ को पञ्चरत्न मा.वि र वडा नं ३ को नव दुर्गा मा.वि का १५/१५ जना विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको, वृक्षारोपण र रक्तदान कार्यक्रम सम्पन्न भएको बताउनुभएको थियो ।

लायन्स क्लव अफ सुनवलका संस्थापक अध्यक्ष विष्णु प्रसाद चापागाईको स्वागत मन्तव्य रहेको कार्यक्रममा महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद शर्मा, उद्योग वाणिज्य सुनवलका अध्यक्ष रमेश कर्मचार्य, सुनवल वडा नं १ का वडाध्यक्ष मन बहादुर थापा, इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन लायन्स क्लव अफ सुनवलका सचिव प्रेम पराजुलिले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

