Rashtriya Dainik

“बिराट शिव मूर्ति’ निर्माणका लागि बिरेन्द्र यादवको आर्थिक सहयोग”

राष्ट्रिय दैनिक / नवलपरासी ,३ साउन

सरावल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र यादवले बिराट शिव मूर्ति निर्माणका लागि १५ हजार ५ सय ६५ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

सरावल गाउँपालिका वडा नम्बर १, बासाबसाही नयाँटोल (वसन्तनगर) स्थित रजहवामा निर्माणाधीन ‘बिराट शिव मूर्ति ‘ निर्माणका लागि आज उक्त सहयोग राशि दिनुभएको हाे।

वरिष्ठ उपाध्यक्ष यादव सामाजिक कार्यमा सधैं सक्रिय रहनुहुन्छ र समय-समयमा गरिब, दुखी, असहाय व्यक्तिहरूलाई सहयोग पुर्याउँदै आइरहनुभएको छ। उहाँको यस सहयोगले स्थानीय विकास र धार्मिक पर्यटनको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको छ।

‘बिराट शिव मूर्ति निर्माण अभियान’ले रजहवाको धार्मिक र पर्यटन महत्त्वलाई उजागर गर्ने उद्देश्य राख्दै, यस क्षेत्रको सामाजिक र आर्थिक विकासमा नयाँ गति ल्याउने लक्ष्य लिएको छ। यस परियोजना पूरा भएपछि स्थानीयलाई रोजगारका अवसर सृजन र पर्यटनको वृद्धि हुने विश्वास गरिएको छ।

यो परियोजना स्थानीय नागरिक र पर्यटक दुवैका लागि आकर्षक गन्तव्य बन्ने छ। शिव मूर्तिका साथ फाउण्टेन पार्कले पर्यटकहरूको ध्यान आकर्षित गर्ने र क्षेत्रको सांस्कृतिक धरोहरलाई विश्वभर फैलाउने अवसर दिनेछ।

यस अवसरमा बिरेन्द्र यादवले भने, “समाजको विकास र समृद्धिका लागि सानोतिनो योगदान गर्न पाउँदा म गर्वित छु। यस परियोजनाले क्षेत्रको आर्थिक र सांस्कृतिक उन्नतिमा ठूलो योगदान पुर्याउने छ।”

सरावल गाउँपालिकाको समग्र विकासको दृष्टिकोणले यो परियोजना आगामी दिनमा ठूलो महत्त्व राख्ने बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित