राष्ट्रिय दैनिक / कैलाली ,३ साउन
नेपालकी चर्चित गायिका अन्नु चौधरीले आफ्नो संगीत यात्रामा नयाँ अध्याय थप्दै सामाजिक कार्यमा पनि सक्रियता देखाउने निर्णय लिएकी छिन्। उनी आफ्ना कन्सर्ट, महोत्सव र अन्य सांगीतिक कार्यक्रमबाट प्राप्त हुने पारिश्रमिकको केहि प्रतिशत सामाजिक कार्यमा खर्च गर्ने योजना सार्वजनिक गरिन्।
अन्नु चौधरीले भनिन, “आजदेखि मैले मेरो सांगीतिक यात्रा सँगै केहि सामाजिक दायित्वहरू पनि पूरा गर्ने निर्णय लिएकी छु। म सँधै विश्वास गर्छु कि कला र समाजलाई सँगै अगाडि बढाउनु हाम्रो कर्तव्य हो।”

गायिकाले आफ्नो जन्मदिनको अवसरमा धन्यवाद व्यक्त गर्दै, “माया र साथ दिनुहुने सबैलाई म आभारी छु।” भन्दै आफ्नो सामाजिक योगदानको नयाँ पथमा सँगै हिँड्ने सबैलाई आह्वान गरिन्।
यस अवसरमा अन्नु चौधरीको संगीत र समाजको बीचको सम्बन्ध अझ बलियो बनाउने यो कदमले अन्य कलाकारलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ। यसअघि पनि अन्नु चौधरीले नेपाली संगीत क्षेत्रमा उत्कृष्ट योगदान दिइसकेकी छन् र उनका गीतहरूले नेपाली सांगीतिक परिप्रेक्ष्यलाई नयाँ दिशा दिएका छन्।

उनको यो पहल थारु र नेपाली कलाकारहरूका लागि एक प्रेरणा बन्ने निश्चित छ। अब अन्नु चौधरी संगीतको क्षेत्रसंगै समाज कल्याण र परिवर्तनमा पनि सक्रिय हुने तयारीमा छिन्।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

