Rashtriya Dainik

नेपाल नेत्र ज्योति संघ, डा. बिनोद नीता कण्डेल आँखा अस्पतालमा नयाँ चिकित्सकहरूको स्वागत

राष्ट्रिय दैनिक / नवलपरासी ,३ साउन

नेपाल नेत्र ज्योति संघ, डा. बिनोद नीता कण्डेल आँखा अस्पताल परासीकाे परिवारले डा. बेबिका फुयाललाई पूर्णकालीन नेत्र विशेषज्ञको रूपमा स्वागत गरेको छ। फुयालको विशेषज्ञताले अस्पतालको आँखा सेवा अझ प्रभावकारी र गुणस्तरीय बनाउने विश्वास अस्पताल परिवारले व्यक्त गरेको छ।

अस्पतालका अध्यक्ष देबेन्द्रराज कण्डेलले भने, “डा. फुयालको अनुभव र प्रतिबद्धता हाम्रो संस्थाको लागि ठूलो सम्पत्ति हुनेछ। उहाँको योगदानले हाम्रो अस्पताललाई नयाँ उचाइमा पुर्याउने छ।” जनताको सेवा हामी सबैको प्राथमिकता हो र यस उद्देश्यमा लागिपरेका छौं। वहाँले भन्नुभयो “हामी सदैव जनताको स्वास्थ्य सेवा सुधार्न र उनीहरूको जीवनस्तर उकास्नमा प्रतिबद्ध छौं।

यसैगरी रेसिडेन्सी कार्यक्रमअन्तर्गत डा. ऋचा पौडेल र डा. सम्याङ सुब्बाको पनि अस्पतालमा स्वागत गरिएको छ। डा. पौडेल र डा. सुब्बाकाे आगमनले अस्पतालको सेवा प्रवाहमा नयाँ ऊर्जा र सशक्तता ल्याउने अपेक्षा गरिएको छ।

अस्पतालले सबै नयाँ चिकित्सकहरूलाई स्वागत गर्दै उनीहरूको योगदानले रोगीहरूको सेवा अझ सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित