उत्तम कुमार थापा / बझाङ
हातिपाईले बिरामी व्यावस्थापन नक्साङ्कन तथा अपाङ्गता सम्वन्धि एक दिने तालिम सञ्चालन भएको हाे ।
बझाङ जिल्लाकाे स्वास्थ्य कार्यालय बझाङमा अाज एक कार्यक्रमका विच एक दिने अभिमुकरण तालिम सञ्चालन गरिएको हाे । राष्ट्रिय हात्तीपाईले राेग निवारण कार्यक्रम अन्तरगत सिमखेतमा विभिन्न स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरुलाई तालिम दिएको जनाएको छ ।
विगत लामो समय देखि हात्तिपाईले राेग सम्वन्धि अाैषधि खुवाउदै अाएपनि यस बर्ष भने ६ चरणमा अाैषधि खुवाईएर सम्पन्न भएको कार्यक्रमलाई सरकारले समुदायमा फरक रुपमा हेर्ने कार्यक्रम रहेकाे प्रमुख भानुभक्त जाेशीले बताए । छैटौं चरणमा खुवाए यस बर्ष भने सरकारले पहिला स्वास्थ्य प्रमुख लाई तालिम दिदै यसपछि स्वास्थ्य स्वयंसेवकहरुलाई तालिम दिएर अझै स्थानीय स्थरमा कुनै व्याक्तिमा भए नभएको पत्ता लगाउने र समुदायमा सवेर्क्षेण गरि समुदायमा देखापरे अाैषधि गर्ने सम्वन्धित व्याक्तिलाई के के व्यावस्थापन गर्न सकिन्छ सबै पूरा गर्ने कार्यक्रम रहेको किटजन्य राेगका फाेकलप्रसन नारायण जाेशीले बताए ।

अाज भएको कार्यक्रम भने स्वास्थ्य कार्यालय बझाङकाे सभाहलमा सुरु भएको थियाे । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका हेमराज जाेशी,एमडिजिपी डाक्टर प्रमाेद भट्ट ,डाक्टर सन्दिव अाेखेडा ,हरि भट्टले प्रशिक्षण गर्नुभएको कार्यक्रम भने अायाेजक सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले गरेको थियाे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

