Rashtriya Dainik

बडेरा सामुदायिक वन उपभोक्ता समितीद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

अमृता सुनार/नवलपरासी ,असार ३१

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं १३ स्थित बडेरा सामुदायिक वन उपभोक्ता समितिले आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

वनका अध्यक्ष मदन पन्थको अध्यक्षता एवम सव डिभिजन वन कार्यालय सुनवलका प्रमुख मरिच कुमार लामाको प्रमुख आतिथ्यतामा सम्पन्न वृक्षारोपण कार्यक्रममा सदुवन १ हजार , सिसौ ५ सय र जमुना ५ सय गरी कुल २ हजार विरुवा रोपिएको अध्यक्ष पन्थले बताउनुभयो ।

बडेरा सामुदायिक वन उपभोक्ता समुहले यस आर्थिक वर्षमा ३ हेक्टर क्षेत्रफलमा ४५ सय विरुवा वनको खाली क्षेत्रमा रोपिएको बताउनुभयो । संस्थाका उपाध्यक्ष तिलक पौडेलको संचालन रहेको कार्यक्रममा समुहका पदाधिकारीहरु, उपभोक्ता, स्थानीय समाजसेवी, समुह, संघसंस्था लगाएतको सहभागिता रहको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित