आरपि उपाध्याय / नवलपरासी ,३१ असार
डिभिजन वन कार्यालय पश्चिम नवलपरासीको आयोजनामा अन्तरक्रियात्मक समन्वय बैठक प्रतापपुरको बेलाटारीमा सम्पन्न भएको छ।

डिभिजन र सब डिभिजन कार्यालय तथा स्थानीय निकायका प्रतिनिधि बीच अन्तरक्रियात्मक कार्यक्रममा प्रतापपुर तथा सुस्ता गाउँपालिका का जनप्रतिनिधि, सरोकारवाला निकायबीच सम्पन्न भएको हो।
डिभिजन वन कार्यालयका प्रमुख जीवन पंगेनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका वन तथा वातावरण मन्त्री देवकरण कलवारले जनताको चाहना धेरै भएपनि केही चाहना कानुनी जटिलताले पूरा हुन नसकेको बताउदै अहिले बढ्दै गएको जलवायु परिवर्तनलाई वृक्षारोपण गरेर मात्र रोकथाम गर्न सकिने बताउनु भयो।
मन्त्री कलवारले वृक्षारोपणको लागि वन मन्त्रालयले आवश्यक पर्ने बिरुवा उपलब्ध गराउने धारणा पनि राख्नुभएको थियो।
कार्यक्रममा वन तथा वातावरण विभाग लुम्बिनी प्रदेशका निमित्त महानिर्देशक प्रभात सापकोटाले तालिममा सहजीकरण गर्दै अन्तरक्रिया कार्यक्रममा वन सम्बन्धि कुरा नबुझ्नु हुने जनप्रतिनिधि र सरोकारवाला निकायलाई यो तालिम अत्यन्त नै फलदायी हुने विचार व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा सुस्ता गाउँपालिका वडा न.५ का वडा अध्यक्ष प्रभुनाथ यादव,सुस्ता की कुन्ती देवी चौधरी लगायतले प्रतिक्रिया धारणा राख्नुभयो।

अन्तरक्रियात्मक समन्वय बैठकमा वन तथा वातावरण विज्ञ दामोदर सापकोटा, निमित्त महानिर्देशक प्रभात सापकोटा लगायतले तालिमको उद्देश्यमाथी जानकारी गराउनु भएको थियो।
कार्यक्रममा स्थानीय सरकार र प्रदेश सरकार बीच चल्दै आएको द्वन्द न्यूनीकरणका साथै कानुनी दायराबारे पनि सहभागीहरुलाई अवगत गराइएको बताइएको छ।

सो अवसरमा वन सम्बन्धि अवधारणालाई पालिका र वडाहरुले पालन गरि कानुन सम्मत ढंगले अगाडि बढ्न पनि सुझाव दिइएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

