लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण मन्त्री देवकरण कलवारले शान्तिका अग्रदुत गौतम बुद्धले हालको सुस्तामा रहेको अनोमा घाटबाटै आफ्नो राजस्वी वस्त्र त्याग गरि भारत प्रवेश गर्नुभएको यो स्थल पुर्ण पवित्र र शान्तिमय रहेको बताउनु भएको छ।
मन्त्री कलवारले अनोमा घाटलाई लुम्बिनी र भारतको गयासङ्ग जोड्न सकिए ठूलो सङ्ख्यामा धार्मिक पर्यटक भित्रीने निश्चित भएको धारणा राख्नु भयो।
उहाँले सुस्ता ५ को अनोमा घाटलाई सुन्दर र हरियाली बनाउन वृक्षारोपण गर्ने कार्यक्रम अन्तर्गत विभिन्न जातका फलफुलको बिरुवा रोप्ने कार्यको सुभारम्भ पनि गर्नुभएको थियो।
लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको आयोजनामा जनवायु परिवर्तन,अनुकुलन सम्बन्धि अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कलवारले सो कुरा बताउनु भएको हो।
कार्यक्रममा सुस्ता ५ का वडा अध्यक्ष प्रभुनाथ अहिर,सुस्ता २ का वडा अध्यक्ष कृष्णलाल मुखिया,वडा न.३ का वडा अध्यक्ष हरिलाल दुषाद,सुस्ता ४ को कार्यपालिका सदस्य मुना पुन,जिल्ला वन कार्यालय पश्चिम नवलपरासीका कार्यालय प्रमुख जीवन पङ्गेनी लगायतले नदी कटान,डुबान नियन्त्रण तथा वृक्षारोपणको महत्वबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रम निमित्त वन महानिर्देशक यज्ञ मुर्ति खड्काको अध्यक्षतामा आयोजित दुई दिने अभिमुखिकरण कार्यक्रमलाई वरिष्ठ वन अधिकृत टोलख राज चापागाईंले सञ्चालन गर्नुभएको थियो।
सो अवसरमा सुस्ता गाउँपालिका अन्तर्गतका जनप्रतिनिधि र सरोकारवाला निकायको उपस्थिति रहेको कार्यक्रम सोमबारसम्म सञ्चालन रहने आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

