राष्ट्रिय दैनिक / नवलपरासीमा ,२९ असार
पश्चिम नवलपरासीमा शनिबार दिनभरि विद्युत आपूर्ति अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको थियो। गर्मी चर्किएको बेला पंखा, फ्रिज,कूलरजस्ता उपकरण चल्न नसक्दा सर्वसाधारणलाई हैरान भएका थिए।
उपभोक्ताहरूलाई झनै आक्रोशित बनाएको कुरा भने सूचना व्यवस्थापनको चरम लापरबाही हो। नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रले विद्युत अवरुद्ध हुने जानकारी ४ घण्टा पछि सार्वजनिक गरेको थियो-त्यो पनि एक लाइनको अंग्रेजी भाषामा।
स्थानीय बासिन्दाहरूले यस्तो ढिलो र अपूरो सूचनाले आफूहरूलाई अपमानित महसुस गराएको बताएका छन्।
दिनभरि बत्ती जाँदै थियो,तर हामीलाई थाहा पनि थिएन किन। सूचना त दिइएछ तर चार घण्टा पछि मात्र — त्यो पनि अंग्रेजीमा ! जनताप्रति कस्तो गैरजिम्मेवार व्यवहार हो यो? पाल्हिनन्दनका एक स्थानीय उपभोक्ताले भने।
दिनभरको विद्युत कटौतीले विशेषगरी साना बालबालिका, वृद्धवृद्धा र बिरामीहरू बढी प्रभावित भएका छन्।
घाम तातो छ, फ्यान चल्दैन। बिरामी बच्चालाई झन् झनै समस्या भएको छ,एक आमाले बताइन्।
सूचना समयमै नआएको र नेपाली भाषामा नहुँदा धेरैजसो उपभोक्तालाई जानकारी नै नभएको गुनासो छ।
सूचना मात्र दिने नाममा जिम्मेवारी पूरा हुँदैन। समयमा,बुझ्ने भाषामा, प्रभावकारी ढंगले जानकारी दिनुपर्छ एक स्थानीय स्थानीयहरुको भनाइ छ।
नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रले भने अहिलेसम्म यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
स्थानीयहरूले यस्तो लापरबाही दोहोरिन नदिन कडाइका साथ निगरानी गर्न र जनउत्तरदायी सूचना प्रणाली लागू गर्न माग गरेका छन्।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

