Rashtriya Dainik

नवलपरासीको सरावल २ मनरी बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

राष्ट्रिय दैनिक / नवलपरासी ,२८ असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । ७ वटा वडा रहेको पालिकामा ‘बालबालिकामा लगानी, ल्याउछ सुनौली विहानी’ भन्ने मुल नाराका साथ पालिकाकाे दाेस्राे वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको हो ।

शनिवार जिल्ला समन्वय समिति प्रमुख भगाैती यादव (रुदलले )ले वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्नुभएको हो ।


वडाले स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेका मापक र सुचांकहरु पुरा गरेसँगै वडालाई औपचारिक कार्यक्रम आयोजना गरी बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरेको सरावल बाल सहजकर्ता सन्जय माैर्यले बताउनुभयो ।

उहाँका अनुसार वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरू पुरा गर्न वडा स्थित विद्यालय, बाल सञ्जाल, नागरिक समाज, राजनैतिक दल लगायत सरोकारवाला सबैको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

बालमैत्री घोषणा समारोहलाई सम्बाेधन गर्दै प्रमुख अतिथि जिसस प्रमुख यादवले बालबालिका भोलिका कर्णदार मात्रै नभई आजका साझेदार भएको बताउनु भयो । उहाँले अब अन्य ५ वटा वडालाई समेट छिटो भन्दा छिटो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै बालमैत्री पालिकाकाे काम अगाडि बढाउन निर्देशन दिनुभएको हाे। बालमैत्री घाेषणा गरेर मात्र हुदैन यसको दिगाेपनाका लागि सबैकाे सहयोग साथ चाहिने भएकोले यसमा लाग्नुपर्ने बताउदै सबैलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले २०८३ भदौ भित्र बालमैत्री पालिका घोषणा गर्ने लक्ष्य रहेकोले सबै सराेकारवालाई अहिलेदेखि लाग्न अनुरोध बताउनुभयो । बालक्षेत्रमा लागेका थुप्रै ब्यक्तिहरु प्रगति गरेको चर्चा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेर मात्र हुदै हामी सबै यसका नीति निर्देशिका ब्यवहारमा लागू गर्नुपर्छ । सरावल गाउँपालिका बालमैत्री घाेषणाकाे अभियान अगाडि बढाएकाे हुनाले सरावल पालिकाका बालबालिकाहरुकाे भबिस्य उज्ज्वल रहने कुरा राख्दै बालबालिका क्षेत्रमा लगानी गर्न पालिका प्रतिबद्ध रहेकाे कुरा राख्दै वडा नम्बर २ का सबैलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन , जिल्ला बिकास तथा समन्वय ईकाइ अधिकृत सुबास चन्द्र गाैतम , निवर्तमान उपाध्यक्ष उत्तमा राय ,वडा स्तरीय बाल सन्जाल अध्यक्ष अन्जली गुप्ता लगाएतले बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा हुनु गर्वको विषय रहेको बताउनुभएको थियोे ।


२०७२ देखी बालमैत्री अभियान सुरु गरेको वडामा ९ वटा टोल १२ सय २ घर धुरीमा ६ हजार २ सय ८० जनसंख्या रहेको कार्यवाहक वडाअध्यक्ष तुफानीलाल गुप्ताले बताउनु भयो ।

बालमैत्री वडा घोषणा गर्नमा विभिन्न तवरबाट सहयोग गर्ने बाल सञ्जाल, महिला स्वयम् सेवीका, टोल विकास संस्था लगायतलाई सम्मान समेत गरिएको थियो ।

कार्यवाहक वडाध्यक्ष तुफानीलाल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष बिष्णु भट्टराई , वडा नम्बर ३ का वडा अध्यक्ष फिरंगी चाैधरी,वडा नम्बर ६ का वडा अध्यक्ष छाेटेलाल गुप्ता , कार्यपालिका सदस्य ,वडा सदस्य ,राजनीतिक दलका प्रतिनिधि , विद्यालय शिक्षक शिक्षिका , समाजसेवी ,बाल क्लबका पदाधिकारी लगायत सरोकारवालाहरूको बाक्लो उपस्थिति थियो ।

बालमैत्री स्थानीय शासन वडा समिति सदस्य रुदल हरिजनकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन उमेश बि.क ले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित