उमेश बि.क / नवलपरासी ,७ फाल्गुन
सुनवल सामुदायिक बिकास केन्द्रले अति बिपन्न बर्गकाे हितमा काम गरिरहेको केन्द्रकि अध्यक्ष सपना अधिकारी थापाले जानकारी दिनुभएको छ ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका
वडा नम्बर ५ गेर्मि ,चमनटाेला तथा वडा नम्बर ६ लंगणिपाकड ,राजाबारी र रगरगन्जका टाेलहरुमा कार्यक्षेत्र रहेको परियोजनाले अति विपन्न वर्गकाे हितमा विभिन्न सहयोगका कामहरु गरेको बताउनु भएको हाे ।

सुनवल सामुदायिक बिकास केन्द्रले युनाइटेड मिसन टु नेपालकाे सहकार्यमा काेभिड १९ प्रतिकार्य,प्राण परियाेजना,लैंगिक समानता,एलसिपि परियोजना सन्चालन गरि जनताको हितमा विभिन्न अभियान सन्चालन गरि सहयोगका कार्यहरु गरेको कार्यक्रम संयाेजक राधा सापकोटाले जानकारी दिनुभएको हाे।

समुदायका लच्छित वर्गलाई पहिचान गरि काम गरेको र करिब १२० जना अति बिपन्न परिवारलाई विभिन्न ब्यवसायमुलक प्रवर्द्धनका लागि सामग्री हस्तान्तरण गरिसकेको केन्द्रकि अध्यक्ष सपना अधिकारी थापाले जानकारी दिनुभएको हाे।

काेराेना भाइरसकाे विषम परिस्थितिमा पनि सबै कर्मचारी सहित अाफु पनि जनताको हितमा काम गर्दै बाख्रा वितरण, चना सटपटे ,सिलाई मेसिन ,फ्रेस हाउस,किराना पसल ,नास्ता पसल ,तरकारी पसलहरुमा सहयोग साथै किसानहरूलाई ब्यवसायमुलक बनाउन तरकारी बीउ वितरण समेत गरेको बताउनु भएको हाे।

यसका साथै मुस्लिम समुदायको विद्यालय मदर्शाकाे स्तर उन्नतिकाे लागि ५ वटा मदर्शमा बेसिङ्ग सहित पानी टंकी जडान तथा कक्षाकाेठा ब्यवस्थापनका लागि जुट कार्पेट ,कुसन ,ह्वाइट बाेर्ड,टि-टेबल,स्कुल ज्याकेट लगाएतकाे समाग्री पनि हस्तान्तरण गरिएको जानकारी गराउनु भएको हाे।

समुदायमा विभिन्न सचेतनाका कार्यक्रमहरु गर्दै त्यहाँका अति विपन्न वर्गकाे अानिबानि सहित अार्थिक उन्नति गराउदै नमुना टाेल निर्माण गर्न परियोजना लागि परेकाे बताउनु भएको हाे।






राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

