Rashtriya Dainik

सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ताको चौधौं वार्षिक साधारणसभा सम्पन्न

सहिद स्मृति सामुदायिक अस्पताल विकास केन्द्र बर्दघाट १४ चौपत्ताको चौधौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डिल बहादुर थापाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण मन्त्री देवकरण कलवारले जनताले आस गरे अनुसारको सेवा पुर्याउनु अस्पतालको जिम्मेवारी रहेको बताउनु भयो।
मन्त्री कलवारले केन्द्र,प्रदेश,स्थानीय तहबाट आउने सहयोगलाई अस्पताल व्यवस्थापनले पारदर्शी रुपमा व्यवस्था मिलाउनुपर्ने बताउदै आगामी आर्थिक वर्षमा प्रदेश सरकारबाट सम्मानजनक रुपमा सहयोग गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका पुर्व सदस्य दिपेन्द्र अधिकारीले २०६६ सालमा महायज्ञ सम्पन्न गरेर अस्पतालको सुरुवात गरेको स्मरण गर्दै अस्पतालको आवश्यकतालाई अझ बढी आत्मसात गरि बढ्दो स्वास्थ्य सेवाको मागलाई भरपर्दो र विश्वासनीय रुपमा नागरिकलाई दिनुपर्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन अध्यक्ष थापाले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष नाथुराम क्षेत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २०८१/०८२ मा ६ करोड ५७ लाख ७० हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभामा लेखा संयोजक गणेश कुमार पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो।
सो अवसरमा बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठ,बर्दघाट खानेपानीका दिपक लम्साल,नेपाली काङ्ग्रेस बर्दघाट नगर सभापति दामोदर जी.सी.,अस्पताल व्यवस्थापन समितिका संस्थापक अध्यक्ष क्षेत्र बहादुर थापा,समाजसेवी वृहस्पति अधिकारी लगायतले स्वास्थ्य क्षेत्रमा देखापरेका अवसर र चुनौतीबारे आफ्नो धारणा राख्नुभयो।
कार्यक्रममा पुर्व पश्चिम लोकमार्गदेखी दक्षिणी भेगलाई लक्षित गरि स्वास्थ्य सेवामा व्यापकता ल्याउन अस्पतालको आवश्यकता महसुस गरि २०६४ सालमा संस्था दर्ता गराइ २०६६ साल मङ्सिरमा महायज्ञ सम्पन्न गरि प्राप्त सहयोगबाट २०६७ साल वैशाखदेखि निरन्तर रुपमा स्वास्थ्य सेवा पुर्याउदै आएको जानकारी गराइएको थियो।
कार्यक्रममा कन्सल्टेन्ट फिजिसियन डा. दिपक पौडेललाई स्वास्थ्य सेवामा उच्च मुल्यांकन गर्दै कदर पत्र सहित सम्मान गरिएको आयोजकले बताएको छ।
साधारणसभामा डाएलसिस सेवा सञ्चालन महाअभियान सहितको कार्य गर्न विभिन्न दाताहरूले स्वत:स्फुर्त रूपमा आर्थिक सहयोग गर्नुभएको थियो।
सहिद स्मृति सामुदायिक अस्पतालको आयोजनामै एक दिने नि:शुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएकोमा शिविरमा ४५० बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको आयोजकले बताएको छ।
स्वास्थ्य शिविरमा डा.दिपक पौडेलको नेतृत्वमा १५ स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा पुर्याएका थिए।
सोही अवसरमा हाम्रा सहकर्मी आर. पि. उपाध्यायले डा.पौडेल संग संक्षिप्त कुराकानी गर्नुभयो,जसमा डा. पौडेलले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सेवा पुर्याइएको तथा थप परामर्श पनि दिइएको प्रतिक्रिया दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित