आरपि उपाध्याय / नवलपरासी ,२७ असार
पश्चिम नवलपरासीको सुस्ता ५ स्थित अनोमा घाटमा गुरु पुर्णिमा पर्व मनाइएको छ।
सुस्ता ५ स्थित नारायणी नदी किनारमा रहेको भगवान बुद्धको शालिक अगाडि १ हजार १ दीप प्रज्वलित गरि बुद्ध बन्दना गर्दै गुरु पुर्णिमा मनाइएको हो।
सुस्ता गाउँपालिकाको आयोजना तथा सर्वधर्म शान्ति समाज मिसनको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा महम्मिनी ष्क्रमण दिवस २०८२ को अवसरमा अनोमा घाटलाई पर्यटन विकासबाट प्रज्वल स्थल घोषणा भएको पनि जानकारी गराइएको थियो।

सिद्धार्थ बौद्ध विहार अनोमा घाट सुस्ता ५ का अध्यक्ष सुक्रीब यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा सुस्ता ३ का वडा अध्यक्ष हरिलाल दुषादले बुद्धको शिक्षाबाट सम्पुर्ण मानव जातिलाई शान्तिको मार्गमा ल्याउन सकिने बताउदै भगवान बुद्धले अनोमा घाटबाट नै राजसी पहिरन त्याग गरि भारत प्रवेश गर्नु भएको चर्चा गर्नु भयो।
कार्यक्रममा सुस्ता ५ का वडा अध्यक्ष प्रभुनाथ यादवले अनोमा घाटमा रहेको बुद्धको मुर्तिमाथि छानासहितको ट्रस्ट निर्माण गर्न वडा कार्यालय प्रतिबद्ध रहेको धारणा राख्नुभयो।
सो अवसरमा सर्वधर्म शान्ति समाजका केन्द्रिय महासचिव अशोक मानन्धर, पत्रकार आर.पि.उपाध्याय लगायतले महामानव भगवान बुद्धद्वारा प्रतिपादित बुद्ध शिक्षा वर्तमान समयमा पनि सान्दर्भिक रहेको चर्चा गर्नुभएको थियो।

सो अवसरमा सुस्ता गाउँपालिका वडा न. ४ र ५ बाट विभिन्न संघसंस्थाका प्रतिनिधि,बौद्ध धर्मावलम्बी तथा सर्वसाधारणहरुको उपस्थिति रहेको कार्यक्रम सञ्चालक मंसी कुमार हरिजनले जानकारी दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

