अमृता सुनार/नवलपरासी ,असार २७
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम अर्न्तगत वडा नं १ भित्र ४५ थान विद्युतीय इन्डेक्सन चुलो र १० थान दराज वितरण गरिएको छ ।

वडा भित्र रहेका विभिन्न टोल विकास संस्थाको व्यवस्थापनका लागी दराज र २८ प्रतिशत नेपाल सरकारको अनुदानमा विद्युतीय इन्डेक्सन चुलो वितरण गरिएको वडाध्यक्ष मन बहादुर थापाले बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य प्रशुराम कवर, बाल कुमारी परिवार, कृष्ण क्षेत्रि लगाएतको उपस्थिती रहेको थियो । कार्यपलिका सदस्य सिता भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन वडा सचिव उषा गिरीले गर्नुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

