राष्ट्रिय दैनिक / नवलपरासी ,२८ आषाढ
साप्ताहिक विदा पर्ने आषाढ २८ गते शनिबारको दिन पनि करदाता सेवा कार्यालय परासी खुला रहने भएको छ।
कार्यालयले एक सूचना प्रकाशित गर्दै सो दिन कर विवरण बुझाउने, कर छुट सम्बन्धी निवेदन दिने तथा अग्रिम आयकरको तेस्रो किस्ता बुझाउने कार्यको समय भएकाेले करदाताहरूलाई सहज बनाउने उद्देश्यले कार्यालय खुला रहने जानकारी दिएको हो।
कार्यालयका अनुसार मूल्य अभिवृद्धि कर (मू.अ.कर) तथा अन्तःशुल्कको छुट सुविधा लिन चाहने करदाताहरूको चाप र राजस्व संकलनमा सहजीकरण गर्न उक्त निर्णय गरिएको हो।
“आषाढ महिनाको अन्त्यमा कर विवरण बुझाउने र छुट सुविधा लिने करदाताहरूको भीड हुने भएकाले शनिबारको विदा नलिई कार्यालय खुला राखिएको हो,” कार्यालय स्रोतले जानकारी दिएको छ।
कर कार्यालयले सबै करदाताहरूलाई कार्यालय बन्द रहेको भ्रममा नपरी तोकिएको समयमा विवरण तथा कर बुझाउन अनुरोध गरेको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

