Rashtriya Dainik

सरावल गाउँपालिकाका कृषकहरुलाई अनुदानमा प्लास्टिक टनेल वितरण

उमेश बि.क / नवलपरासी ,६ फाल्गुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानहरुलाई अनुदानमा प्लास्टिक टनेल वितरण गरिएको छ।

व्यावसायिक तरकारी खेतीतर्फ प्रोत्साहित गर्न सरावल गाउँपालिकाकाे किसानहरुलाई ५० प्रतिशत अनुदानमा १०४ थान प्लाष्टिक टनेल वितरण गरेको हो।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत मौसमी तथा बेमौसमी तरकारी खेती प्रवद्र्धनका लागि बिहीबार १८ जना किसानहरुलाई प्लास्टिक टनेल वितरण गरिएको कृषिशाखा प्रमुख कुलदिप मिश्रले बताए।

गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले प्लास्टिक टनेल वितरण गर्दै परम्परागत खेती प्रणालीमा आधुनिक प्रविधी  प्रयोग गरी व्यवसायीक तरकारी उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । उहाँले उत्पादन बृद्धि भए आयआर्जनमा समेत सुधार हुने विश्वास व्यक्त गर्नुभयो । प्लास्टिक टनेलभित्र घर–घरमा गोलभेंडा, खुर्सानी, फर्सीलगायत तरकारी उत्पादन गरी किसानको आयआर्जनमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभएको हाे।

प्लास्टिक टनेल वितरण कार्यक्रममा मुख्य मंत्री ग्रामीण बिकास कार्यक्रमका सदस्य प्रहलाद पासवान ,अमृता गैरे ,धनिश्वरा भुसाल लगाएको सहभागीता रहेको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित