Rashtriya Dainik

भ्रामक प्रचारको विरोधमा कांग्रेस निकटका संघसंस्थाहरूको संयुक्त खण्डन

राष्ट्रिय दैनिक / नवलपरासी , २७ असार

नेपाली कांग्रेस केन्द्रिय अनुशासन समितिबाट विधानअनुसार गरिएका कारवाहीको विरोधमा परासीमा आयोजना गर्न लागिएको भनिएको कार्यक्रममा कांग्रेस निकटका भातृ तथा शुभेच्छुक संघसंस्थाहरूको सहभागिता हुने भनी सामाजिक सञ्जालमा फैलाइएको समाचारप्रति ती संस्थाहरूले संयुक्तरूपमा आपत्ति जनाएका छन्।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले यस्तो प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् र सो खबरलाई ‘भ्रामक’ तथा ‘हुइंचालपूर्ण’ ठहर गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “पार्टी अनुशासन विपरीत बारम्बार अन्तर्घात गर्नेहरूमाथि प्रमाणसहित अनुशासनको कारवाही भएको सबैमा छर्लङ्ग छ। त्यस्ता प्रमाणित कारवाहीको विरोधका नाममा आम कार्यकर्तालाई भ्रमित गर्ने प्रयासप्रति हामी घोर आपत्ति जनाउँछौं।”

संघसंस्थाहरूले कारवाही विधानअनुसार भएको भन्दै त्यसको विरुद्ध आयोजित भनिएको विरोध कार्यक्रममा कुनै पनि भातृ वा शुभेच्छुक संघ–संस्थाहरूले सहभागिता नजनाउने स्पष्ट पारेका छन्।

उनीहरूले आफ्ना कार्यकर्ताहरू र जिल्लाबासी दाजुभाइ–दिदीबहिनीहरूलाई सामाजिक सञ्जालमा आइरहेका यस्ता भ्रामक सूचना र गतिविधिप्रति सचेत रहन आग्रह गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित