अमृता सुनार/नवलपरासी ,असार २६
पश्चिम नवलपरासीको सुनवल १ मा अवस्थित द पायनियर मा.वि. मा क्रियाशील रहेका बाल क्लब ,जुनियर रेडक्रस ,इको क्लब ,हेल्थ क्लब,स्कुल प्रिफेक्टहरु द्वारा आज गुरु पुर्णिमाको उपलक्ष्यमा गुरु पुर्णिमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयका क्याप्टेन पल्लमु गुरुङको अध्यक्षता तथा प्रधानाध्यापक कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बाट केक काटेर उद्घाटन गरिएको थियो।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद शर्माले गुरु पूर्णिमा विद्यार्थीहरुका लागि विशेष दिन भए पनि सम्बन्ध सधै भरी हुने बताउनुभयो।
सो अवसरमा जुनियर रेडक्रस सर्कल सभापति कृष्टल राना,बाल क्लब अध्यक्ष आर्या पौडेल,प्रिफेक्ट लिडर सन्देश सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा विद्यालयमा अध्यापन गराउने सम्पुर्ण शिक्षक शिक्षिका लाइ मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रमको संचालन स्कुल सह क्याप्टेन सचिन शर्माले गर्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

