राजन कुमार बानिया /पर्सा,२६ असार
पर्साको पोखरिया नगगरपालिकाको नवौं नगरसभाको दोस्रो बैठकको बन्दसत्रबाट आज सम्पन्न भएको छ। नगरसभाको बन्द सत्र पोखरिया नगरपालिकाको सभा हलमा भएको नगरसभाको बन्दसत्रबाट नगरपालिकाकी उपमेयर रुबी ठाकुरले आगामी आर्थिक वर्षका लागि ४४ करोड ४० लाख २७ हजार ४४८ सय ५८ रुपैयाँ बजेट प्रस्तुतिकरण गरे पछी प्रतेक वडा लगायत बिनयोजित बजेत सर्बसहमत बजेट पारित गरिएको छ।

पोखरिया नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंहले बताए ।

पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा आयोजित नगर सभामा उपमेयर रुबी ठाकुर , प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंह,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु, वडासदस्य ,कर्मचारी पत्रकार,सुरक्षाकर्मी लगायत हरु कोपनि सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

