राष्ट्रिय दैनिक / नवलपरासी ,२६ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी तिव्र गतिमा अगाडि बढाइएको छ। यसै सन्दर्भमा सरावल उद्योग बाणिज्य संघका अध्यक्ष शुसान्त शर्मा घिमिरेकाे नेतृत्वमा सरावल वडा नं. २ को वडा कार्यालय र मनरी स्वास्थ्यचौकी परिसरमा सरसफाइ अभियान सम्पन्न गरिएको छ।

वडालाई बालमैत्री घोषणा गर्ने लक्ष्यसहित विविध तयारी अघि बढाइएका छन्। सरसफाइ कार्यक्रम त्यसै रणनीतिको एक अङ्गका रूपमा सञ्चालन गरिएको हो।

यसैबीच कार्यवाहक वडा अध्यक्ष तुफानीलाल गुप्ताकाे अध्यक्षतामा आज बालमैत्री वडा घोषणा सम्बन्धी तयारी बैठक बसेको छ। बैठकमा बालसहजकर्ता सञ्जय मौर्यले बालमैत्री घोषणा प्रक्रियाको तयारी, आवश्यक मापदण्ड र कार्ययोजना सम्बन्धमा जानकारी दिएका थिए।

सरावल गाउँपालिका वडा नं. २ लाई असार २८ गते शनिबार मनरी स्वास्थ्यचाैकीकाे प्रांगणमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

