Rashtriya Dainik

बिना अनुमति बन पैदावर दोहन मुद्दाका फरार प्रतिवादी पक्राउ

उमेश बि.क /नवलपरासी ,२६ असार

बिना अनुमति बन पैदावर हानी नोक्सानीसम्बन्धी मुद्दामा नवलपरासी जिल्ला अदालतबाट तीन दिन कैद र दुई हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी बिसन नेपाली पक्राउ परेका छन्।

सुनवल नगरपालिका वडा नं. ४ निवासी २९ वर्षीय नेपालीलाई प्रहरीले बिहीबार उनकै घरबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) अन्तर्गत इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो।

नेपाललाई मिति २०८० साल कात्तिक २० गते अदालतले दोषी ठहर गर्दै तीन दिन कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। तर फैसला कार्यान्वयन हुन नपाउँदै उनी फरार रहेका थिए। अदालतमा उपस्थित गराएपछि न्यायाधीशको आदेशअनुसार उनलाई जिल्ला कारागार कार्यालय नवलपरासी (पश्चिम) चलान गरिएको छ।

प्रहरी नायव उपरीक्षक बीर दत्त पन्तका अनुसार फरार प्रतिवादीलाई खोजी गरी कानुनी दायरामा ल्याउने अभियान अन्तर्गत उक्त गिरफ्तारी भएको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित