Rashtriya Dainik

सरावल गाउँपालिकाको आर्थिक प्रगति ८४.९४ प्रतिशत

    राष्ट्रिय दैनिक / नवलपरासी ,२६ असार

    पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक बजेट अनुसारको निर्धारित कार्यक्रम र योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्दै समग्रमा ८४.९४ प्रतिशत खर्च प्रगति हासिल गरेको छ।

    गाउँपालिकाको अनुसार चालुतर्फ ८९.५० प्रतिशत र पूँजीगततर्फ ७६.४१ प्रतिशत खर्च प्रगति भएको हो। यो वित्तीय प्रगति समयमै आर्थिक कारोबारको भुक्तानी सम्पन्न गर्दै लक्षित बजेट कार्यान्वयन गर्न सफल भएको संकेत हो।

    गाउँपालिकाले बजेटको तर्जुमा, कार्यान्वयन र अनुगमन–मूल्यांकनमा साथ दिने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सम्पूर्ण जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, उपभोक्ता समितिहरू, निर्माण व्यवसायी, विकास साझेदार, सञ्चारकर्मी, नागरिक समाज र सम्पूर्ण सरावलवासीप्रति आभार व्यक्त गरेको छ।

    प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले आगामी आर्थिक वर्ष २०८२/८३ मा समेत यस्तै सहभागिता र सहयोगको अपेक्षा व्यक्त गर्दै गाउँपालिकालाई अझ प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए।

    त्यस्तै सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले यस प्रगतिको बारेमा आफ्नो धारणा प्रस्तुत गर्दै भने, “हामीले गाउँपालिकाको बजेटलाई जिम्मेवारीपूर्ण ढंगले प्रयोग गर्दै आर्थिक प्रगति हासिल गरेका छौं। यो सफलता हामी सबैको साझा प्रयासको परिणाम हो। गाउँको समृद्धि र विकासका लागि हामी निरन्तर प्रतिबद्ध छौं, र आगामी वर्षहरूमा अझै प्रभावकारी योजनाहरू लागू गर्नेछौं। हामीले प्रगति गरेका क्षेत्रहरूमा सुधार जारी राख्दै, समुदायका सबै सरोकारवालासँग मिलेर काम गर्ने छौं।”

    TopLine
    राष्ट्रिय दैनिक

    राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित