Rashtriya Dainik

सुस्ता नदीमा दाउरा निकाल्ने क्रममा १४ वर्षीय किशोर बेपत्ता , खाेजि कार्य जारी

बिनोद निगम/ नवलपरासी , २६ असार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ४ ठोकरस्थित नारायणी नदीमा दाउरा संकलन गर्ने क्रममा एक किशोर डुबेर बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा नर्सही निवासी १४ वर्षीय किसुन मल्लाह रहेका छन्। उनी बुधबार दिउँसो करिब ३ बजे नारायणी नदीमा दाउरा निकाल्ने क्रममा डुबेर बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपाल २६ नं गणले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. बलिनगरबाट स.प्र.नि.भोला श्रेष्ठको कमाण्डमा १७ जनाको टोली र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट स.प्र.नि. शिव कुमार क्षेत्रीको कमाण्डमा ७ जनाको संयुक्त टोली खोज तथा उद्धारका लागि घटनास्थलमा खटिएको छ।

बेपत्ता बालकको खोजी कार्य जारी रहेको छ। घटनास्थल बलिनगर वि.ओ.पि. बाट करिब ५ किलोमिटर उत्तरतर्फ पर्दछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित