रन्जीत शर्मा/ नवलपरासी ०५ फाल्गुन ।
पश्चिम नवलपरासीको भारतीय सीमावर्ती महेशपुर सिमा नाकामा भारतले गत मङलवार दशगजामा निमार्ण गरेको भौतिक संरचना चर्को बिरोध र पहल पछी हटाएको छ ।
दशगजा क्षेत्रमा दुवै मुलुकले कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने भएपनि भारतले रातारात पक्की निर्माण गरेको भौतिक संरचना हटाइएको छ ।
पाल्हिनन्दन गाउँपालिका वडा न; १ महेशपुर- ठुटीबारी नाकामा चेकजाँच गर्ने स्थल निर्माण गरेको भन्दै मंगलबार राति भारतले निमार्ण गरेको भौतिक संरचना पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले हटाउनमा विशेष पहल गरेका थिए।

भारतीय यस०यश०बि क्याम्पको बाउन्डरी हेरि आफूहरुले यो अस्थायी भौतिक संरचना निर्माण गरेको कुरा कस्टम अपिसका प्रमुखले बताएका छन ।
उनका अनुसार ” हामी यस०यस०बि क्याम्पको बाउन्डरी अनुसार निमार्ण गरेका थियौ , यस०यस०बि क्याम्पको बाउन्डरीको लागी कुनै पनि विरोध न भएकोले त्यसकै नाप अनुसार हामी निर्माण गरेका थियौ तर विरोध पछी विवाद समाधान गर्न हटाइदिएका छौँ तर हामी भाडाको घरमा छौं। घर मालिकको अनुसार यो घर दसगजा भन्दा १५ फुट छोडेर बनाइएकोले त्यसै अनुरुपमा निमार्ण गरेका थियौं ।”
यस अनुसार हेर्दा यस०यस०बि क्याम्पको बाउन्डरी तथा नेपालका केहि भौतिक संरचना पनि दसगजा भित्रै पर्ने भएकोले यसलाइ हटाउन समेत पहल गर्न देखिन्छ ।

यस अघि मंगलबार बिहान नभएको संरचना एकाएक बुधबार बिहान देखेपछि स्थानीय अचम्म परेका थिए । यसअघि पनि पटक पटक संरचना निर्माण गर्न खोज्दा नेपाली सुरक्षा निकायले रोकेपछि रातारात भारतीय एसएसबीले संरचना निर्माण गरेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

