Rashtriya Dainik

एसपी खड्काको संरक्षणमा तस्करीको तान्डव मचाउँदै प्र.नि. संजिव बानियाँ

रंजित चौरसिया / वीरगंज ६ फाल्गुन ।

पर्साको भिस्वा नाकाबाट शसस्त्र प्रहरीको सेटिङ्गमा तस्करले खुलेआम तस्करी गर्दै आएका छन् । सिमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरीले लाईन दिएपछि तस्करहरुको बढ्दो सक्रियताले यस क्षेत्रमा तस्करीमा तीव्रता आएको हो ।
पर्साको दोस्रो ठुलो नाकाको रुपमा चिनिने भिस्वा नाकाबाट दिनहुँ भारतीय सामग्रीहरुको चोरी–निकासी हुने गरेको छ । सशस्त्र प्रहरी बल नेपाल आउट बोर्डर आउट पोस्ट भिस्वा बंजारीका प्रहरी निरिक्षक संजिव बानियाँले तस्करसंग सेटिङ्ग मिलाई भन्सार छलेर ल्याइने भारतीय सामग्रीहरुमा चिनी, तेल, चामल, मल, खाद्य, स्पेयर पार्टस्, कुखुराको चल्ला, अन्डा, कस्मेटिक तथा खेलकुद लगायतका सामग्रीहरु छन् ।
नेपाल तर्फबाट सुपारी, मरिच, मदिरा, अलैंची, ड्रम, चाईनिज स्याउ र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु भारततर्फ चोरी–निकासी गराउँदै आएका छन् । सो नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ रहेपनि तस्करी नियन्त्रणमा आउन सकेको छैन । सुरक्षाकर्मीहरुकै मिलेमतोमा यस क्षेत्रबाट तस्करी हुदै आइरहेको स्थानीय वासिन्दाहरु बताउँछन् । भारतीय र नेपाली तस्करसंग कुरेर पैसा असुल्ने काममा सशस्त्र प्रहरी निरिक्षक बानियाँलाई नै जिम्मेवारी दिएको बुझिएको छ । प्र.नि. बानियाँ भिस्वामा गएदेखि नै खुल्याम तस्करी गराईरहेको पाई पनि उनीमाथि कुनै किसिमको हालसम्म कारवाही भएको देखिदैन् । स्रोतका अनुसार बानियाँले उठाउने गरेको तस्करीको घुसको हिस्सा सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति एसपी राजेन्द्र खड्कालाई पनि दिने गरेकोले पटक पटक विवादमा आएपनि उनमाथि कुनै कारवाही नगरिएको बुझिएको छ ।
माथिल्लो हाकिमहरुलाई मिलाएर भिस्वा नाकाबाट खुलेयाम तस्करीको लाइन सञ्चालन भइरहेकोे विभिन्न सञ्चार माध्यममा पटक पटक समाचार आएकै छ । तैपनि मुलुकको अर्थतन्त्रलाई ध्वस्त पार्न मासिक रकम दिएर सञ्चालित तस्करी फस्टाउँदै गएको देखिए पनि देश चलाउन उठ्ने राजश्व माथिल्लो तहका प्रहरी अधिकारीको रजाई बनेको देखिन्छ ।
माघ १७ गते शनिबार ३ सय ८० कार्टुन चाइनिज स्याउ बानियाँको सेटिङमा भिस्वानाकाबाट भारत बिहार सिक्टा पुगेको थियो । उक्त स्याउको सवालमा तस्कर तस्कर आफैमा सिमानाकामा भिडन्त गरेका थिए । ३ सय ८० कार्टुन चाइनिज स्याउ २०७७ माघ १८ गते आइतबार सिक्टामा छापामारी सिक्टा थाना अध्यक्ष मनिषकुमार शर्मा र एसएसबी ४७ वी बटालियन बीओपी प्रभारी सहायक सेनानायक संदिपकुमारको संयुक्त टोलीलेबरामद गरेको थियो । ७६ सय किलो उक्त स्याउ बरामद गरेपछि तस्करीको कुरो बहिरिएको थियो ।
त्यसपछि प्र.नि. बानियाँको कमाण्डमा रहेको प्रहरीलाई सरुवा गरिएपनि एसपी खड्काको संरक्षणमा बानियाँले निरन्तर तस्करी भईरहदाँ पनि तस्करी रोक्नेतर्फ भने कुनै पहल भएको देखिदैन् । भिस्वा नाकाबाट तस्करी भईरहेको पटक पटक फोटो भिडियो सार्वजनिक हुँदा पनि प्र.नि. बानियाँ निरन्तर तस्करीलाई बढावा दिएकै देख्न सकिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित