Rashtriya Dainik

भारतिय पक्षले दशगजामा बनाएकाे टहरा हटायाे

नन्दु यादव /नवलपरासी,६ फागुन

पश्चिम नवलपरासी जिल्लाकाे पाल्हिनन्दन गाउपालिका वडा नम्बर १ काे महेशपुर ठुठिबारीनाकामा रहेकाे दशगजामा भारतिय पक्षद्वारा निर्माण गरिएकाे टहरा नेपालले बिराेध गरेपछि भारतपक्षले हटाईएकाे छ ।

दशगजामा कुनै पनि किसिमकाे भाैतिक संरचना निर्माण गर्न नपाईने नियम रहेकाे छ तर पनि भारतले रातरात भाैतिक संरचना निर्माण गरेपछि पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले तुरन्त हटाउन माग गर्नु भएकाेे थियाे।

यसबारे प्रमुख जिल्ला अधिकारी सागरमणि पाठककाे नेतृत्वमा गएकाे सिमा सुरक्षा अनुगमन समितकाे सहकार्यमा भारतीय पक्षले साे टहरा हटाएकाे बताईएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित