अमृता सुनार/ नवलपरासी ,२१ असार
सुनवल पुरानो गाउँ आवाश स्मृति टोल विकास संस्थाको प्रथम साधारण सभा तथा अधिवेशन प्रगति बाल उद्यान सुनवल १ सोमनाथमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष थान प्रसाद गैरेको अध्यक्षता एवम सुनवल नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अर्यालले टोलमा हुने विभिन्न प्रकारका समस्याहरुलाई स्थानिय स्तरमा हल गर्न टोल विकास संस्थाको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।

संस्थाका अध्यक्ष थान प्रसाद गैरेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कुल आम्दानी १ लाख ६ हजार ९ सय, कुल खर्च ९६ हजार ७ सय ७५, कोषमा बाकी रहेको नगद मौज्दात १ लाख १ सय २५ रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा मुलपानी सामुदायिक वन उपभोक्ता समितिका सचिव समिक्षा बलाल,सुनवल माध्यमिक विद्यालयका अध्यक्ष सुविन्द्र कंवर, संस्थाका वरिष्ठ सल्लाहकार हिमलाल पराजुलि, सुनवल कार्यपालिका सदस्या सिता भण्डारी, वडा नं १ का वडाध्यक्ष मन बहादुर थापा, शान्ति टोल विकास संस्थाका अध्यक्ष प्रदिप अर्याल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाका सचिव कमल आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन एलि प्रितीले गर्नुभएको थियो । आजै सम्पन्न अधिवेसनले विष्णु ढकालको अध्यक्षतामा ९ सदस्यीय गठन भएको छ । जस्को उपाध्यक्षमा सुमित्रा वि.क, सचिवमा समिक्षा बलाल, कोषाध्यक्षमा मिन बहादुर बर्देवा, सदस्यहरुमा क्रमश पार्वती गौतम, प्रविन पाण्डे,गिता ज्ञवाली,भिम प्रसाद दवाडी र अनिता थापा चयन हुनुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

